काठमाण्डौ । एभरेष्ट इन्स्योरेन्सले आफ्ना सेयरधनीलाई २० प्रतिशत बोनस वितरणको घोषणा गरेको छ ।

आइतबार नेप्सेमा एक सुचना प्रकाशित गर्दै यो कम्पनीले आर्थिक वर्ष २०७२/७३ को खुद नाफाबाट सेयरधनीलाई २० प्रतिशत बोनस सेयर वितरणको घोषणा गरिएको हो  ।

बिमा समिति र कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि मात्र घोषित बोनस सेयर सेयरधनीले पाउनेछन् ।

यो कम्पनीको हालको चुक्तापुँजी १० करोड १२ लाख रुपैयाँ रहेको छ । २० प्रतिशत बोनसपछि चुक्तापुँजी वृद्धि भई १२ करोड १४ लाख बढीको उचाईमा पुग्नेछ ।