काठमाण्डौ । एभरेस्ट इन्स्योरेन्स कम्पनी लिमिटेडले निष्कासन गरेको हकप्रद सेयर पूरै बिक्री नभएपछि बाँकी रहेको सेयर इकाइ लिलामीमा राख्ने भएको छ । 

गत जेठ १४ गते एभरेस्ट इन्स्योरेन्सले बिक्री खुला गरेको हकप्रद सेयरको बिक्न बाँकी रहेको ६.४४ प्रतिशत सेयर इकाइहरु लिलामीमा राख्न लागेको हो । 

कम्पनीले १ः३ अनुपातमा १०० रुपैयाँ अंकित दरका ८२ लाख १९ हजार ४७५ कित्ता हकप्रद सेयर निष्कास गरेको थियो । जसमा ७६ लाख ८९ हजार ६५६ कित्ता सेयरमात्र बिक्री भएको छ भने ५ लाख २९ हजार ८१९ कित्ता सेयर बिक्री हुन बाँकी छ । 

यही बिक्री हुन बाँकी रहेको २९ हजार ८१९ कित्ता कम्पनीले लिलामीमा राख्नेछ । 

कम्पनीले हकप्रदबाट ८२ करोड १९ लाख पूँजी जुटाउन खोजेको हो । पूँजी वृद्धिको दवाबमा रहेको यो कम्पनीले अन्य विकल्प छाडेर हकप्रदको बाटो रोजेको हो । 

हाल यो कम्पनीको चुक्तापूँजी २७ करोड ३९ लाख रुपैयाँ रहेको छ । ३०० प्रतिशत हकप्रद निश्कासनपछि चुक्तापूँजी बढेर १ अर्ब ९ करोडको उचाईमा पुग्नेछ । 

यो कम्पनीले यसअघि पनि १०५ प्रतिशत हकप्रद सेयर बिक्री गरेको थियो । कम्पनीले एकपछि अर्को गर्दै ठूलो परिमाणमा सेयरधनीलाई हकप्रदको भारी बोकाएर बिमा समितिले तोकेको चुक्तापूँजी पुर्याउन खोजेको हो । 

हकप्रद सेयरको निश्कासन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमीटेड रहेको थियो । 
दोस्रो बजारमा बुधबार कम्पनीको अन्तिम सेयर मूल्य प्रतिकित्रा ३७० रुपैयाँ रहेको छ।