काठमाण्डौ । एमजीले हेक्टर एसयूभीका साथ भारतीय अटोमोबाइल बजारमा धमाकेदार परफमेन्स गर्ने तयारीमा रहेको छ ।

कम्पनीको पहिलो कार भारतमा निकै लोकप्रिय थियो । अब कम्पनी यो कार ६ सिटे भर्जनमा लन्च गर्ने तयारी गरिरहेको छ । कम्पनी अटो एक्सपोमा ६ सिटे एमजी हेक्टर लन्च गर्ने तयारीमा छ । हेक्टरको ६ सिटे भर्जनको एमजी हेक्टर प्लस नाम दिइएको छ ।

एमजी हेक्टर भारतमा एमजीको पहिलो कार यो इन्डयाको पहिलो कनेक्टेड कार पनि हो । भारतमा यो कारलाई निकै राम्रो रेस्पोन्स पाइरहेको छ । तर कम्पनीले कारको लोकप्रियतालाई ध्यानमा राखेर ठूलो भर्जनमा ल्याउन लागेको हो ।

मार्केटमा यो नयाँ एसयूभीको टक्कर टाटाय ह्यारियर, जिप कम्पस, हुन्डईको क्रेटा र किआ सेल्टसजस्ता एसयूभीसँग हुनेछ ।

अहिले बजारमा हेक्टर ५ सिटे एसयूभीमा रहेको छ । यो ४ वरियन्ट स्टाइल, सुपर, स्मार्ट र सार्पमा उपलब्ध हुनेछ । यसमा स्टाइल हेक्टरको बेस वेरियन्ट हो भने सार्प टप वरियन्ट हो ।

एसयूभीको फ्रन्टमा स्लिम क्रोम सराउन्डिङ्सका साथै ब्ल्याक ग्रिल दिइएको छ । जसले यसको लुक शानदार बनाएको छ ।

यसको फ्रन्ट नयाँ तरिकाले डिजाइन गरिएको छ । हेक्टरको हेडल्याम्प बम्परमा राखिएको छ र डेटाइम रनिङ लाइट्स (डीआरएल) ठीक माथि दिइएको छ ।

साइडबाट यो एसयूबी कार निकै राम्रो देखिन्छ । पछाडिपट्टिबाट यो कर्भ आकारको देखिन्छ । शानदार विन्ड स्क्रिन रियर लुकले यो कारलाई निकै राम्रो बनाएको छ ।

स्पाइलरको तल ग्लास ब्ल्याक प्लास्टिक पिलरबाट यसको रियर र साइड लुक निकै शानदार बनाएको छ ।

हेक्टर प्लस भर्जनको मूल्यका बारेमा भने अहिलेसम्म खुलाइएको छैन ।