काठमाण्डौ । लाइफ इन्स्योरेन्स कर्पोरेसन(नेपाल) लिमीटेडले चालुु आर्थिक वर्षको पहिलो त्रैमासका खूद नाफातर्फ चमात्कारिक प्रगति गरेको छ । कम्पनीको यो अवधिमा खूद नाफा ६ करोड ७६ लाख आर्जन भयो, जबकि अघिल्लो वर्षको यही अवधिमा नाफा ९६ लाख ५९ हजारमा सीमित थियो । 

कम्पनीले जगेडाकोष र जीवन बिमा कोषमा समेत राम्रो बढोत्तरी गर्न सफल भएको छ । अघिल्लो वर्षको दोश्रो त्रैमाससम्म १८ करोड ९६ लाख रुपैयाँ रहेको जगेडाकोष थप मजबुत भई ३३ करोड २२ लाखको उचाईमा पुुगेको छ । यस्तै २९ अर्ब ९४ करोड रुपैयाँको जीवन बिमा कोष थप मजबुत भई ३८ अर्ब २१ करोडको उचाईमा पुुगेको छ । 

समीक्षा अवधिमा यो कम्पनीले ४ अर्ब ५१ करोड  बिमाशुल्कबाट आर्जन गरेको छ । अघिल्लो वर्ष यस्ता आम्दानी ३ अर्ब ६७ करोडमा सीमित थियो । 

लगानी कजाृ तथा अन्यबाट हुने आयमा समेत कम्पनीले कमालको प्रगति निकालेको छ । अघिल्लो वर्ष यही अवधिमा यस्तो शीर्षकबाट हुने आय ७२ करोड ३५ लाख रहेकोमा यो वर्ष बढेर १ अर्ब ५३ करोडको उचाईमा पुुगेको छ । बिमा लेखको धितोमा कर्जाबाट हुने आय समेत १७ करोड ५८ लाखबाट बढेर २५ करोड ८२ लाखको उचाईमा पुुगेको छ । 

यो अवधिमा कम्पनीले १ अर्ब ३ करोड बढी दाबी भुक्तानी गरेको छ । अघिल्लो वर्ष यस्तो भुक्तानी ६८ करोड १६ लाखमा सीमित थियो । 

समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी ५.०७ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १३२.०८ रुपैयाँ र मुल्य आम्दानी अनुपात ३८४.९९ गुणा कायम भएको छ ।