काठमाण्डौ । लाइफ इन्स्योरेन्स कर्पोरेसन(नेपाल) लिमीटेडले एकैसाथ ६५ कर्मचारी मागेको छ । 

बुधबार एक सूचना प्रकाशित गर्दै यो कम्पनीले १५ ब्राञ्च म्यानेजर र ५० असिस्टेन्ट मागेको हो । 

जीवन बिमा कम्पनीमा कम्तीमा ५ वर्ष काम गरेको ३५ वर्ष ननाघेको व्यक्तिले ब्राञ्च म्यानेजरका लागि आवेदन दिन सक्ने जनाइएको छ । 

यस्तै, बैंक वा इन्स्योरेन्स कम्पनीमा ३ वर्ष काम गरेको अनुभवप्राप्त ३० वर्ष ननाघेकोले असिस्टेन्ट पदमा आवेदन दिनसक्ने बताइएको छ । 

इच्छुकले साउन ३१ गतेसम्म आवेदन दिइसक्नुपर्ने सूचनामा उल्लेख छ । 

कम्पनीले प्रकाशन गरेको सूचना यस्तो छ: