काठमाण्डौ । एलआईसी अफ इण्डियाको संयुक्त लगानीमा संस्थापित जीवन बीमा कम्पनी लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल(एलआईसी नेपाल)ले स्थापनाको १७औं वार्षिकोत्सव मनाएको छ । 

सन् २००१ को सेप्टेम्बरमा व्यवसाय शुरु गरेको एलआईसी नेपालले देशभरका सवै शाखा कार्यालयमार्फत विविध कार्यक्रम गरी १७औं  वार्षिकोत्सव मनाएको हो । 

जीवन बीमामा विश्वव्यापी ख्याति कमाएको एलआईसीले नेपालमा ४४ शाखाहरु र ४१,००० भन्दा बढी प्रशिक्षित अभिकर्ताहरुमार्फत बीमा सेवा दिइरहेको छ । 

आ.व. २०७४/७५ मा कूल बीमाशुल्क आर्जन रु. १०.२० अर्व संकलन गरेको एलआईसी नेपालको गत आर्थिक वर्षसम्मको बीमा कोषमा रु ४३.२१ अर्ब रकम संचित रहेको छ । 

आ.व. २०७४/७५ मा यस कम्पनीले शेयरधनीहरुको लागि ३६ प्रतिशत बोनस शेयर घोषणा गरिसकेको छ । बीमा सेवा विस्तार गर्ने क्रममा कम्पनीले चालु आर्थिक वर्षभित्र थप २१ नयाँ शाखा खोल्ने योजना बनाएको छ ।