काठमाण्डौ । ब्लड बैंकमा रगत अभाव तथा हालैको बाढीका कारण बिरामीहरुको बढ्दो चापलाई मध्यनजर गर्दै एशियन थाई फूड्स प्रा.लि.(रमपम चाउचाउको उत्पादक)ले भदौ २ गते रक्तदान कार्यक्रम आयोजना गरेको छ । 

उद्योगका संचालक श्री राधेश्याम सारडाको नेतृत्वमा भएको सो कार्यक्रममा उद्योगका कामदार कर्मचारी तथा संचालकहरुले जम्मा ८० पिन्ट रगत दान गरेका थिए । स्थापनाकालदेखि नै उद्योग सामाजिक क्षेत्रमा समेत सक्रिय रहँदै आएको छ ।