काठमाण्डौ । एशियन लाईफ ईन्स्योरेन्स कम्पनी लिमिटेड र माछापुच्छ्रे बैंक लिमिटेडबीच “जीवन बीमा सेवा“ सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ। 

सम्झौतापत्रमा एशियन लाईफ ईन्स्योरेन्स कम्पनी लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजेशकुमार श्रेष्ठ र माछापुच्छ्रे बैंक लिमिटेडको तर्फबाट सहायक महाप्रबन्धक नारायणप्रकाश भुजुले एक कार्यक्रमबीच हस्ताक्षर गरे ।

अब माछापुच्छ्रे बैंकको ९७ वटा शाखाहरुबाट समेत एशियन लाइफले प्रचलनमा ल्याएको सावधिक र म्यादी जीवन बीमा योजना गरी २० वटा जीवन बीमा योजनाहरु खरीद गर्न सकिनेछ । 

एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले देशैभर रहेका आफ्नो ११४ वटा कार्यालयहरुबाट जीवन बीमा सम्बन्धी सम्पूर्ण सेवाहरु प्रदान गरिरहेको छ । २०७५ पुस मसान्तसम्म यस कम्पनीको जीवन बीमा कोष रु. १५ अर्ब १२ लाख रहेको छ । 

रु.५ अर्ब रुपैयाँ अधिकृत पूँजी रहेको यस कम्पनीले चुक्ता पूँजी रु.२ अर्ब पुर्याउनका लागि निकट भविष्यमा ६० प्रतिशत हकप्रद शेयर जारी गर्न बुक क्लोज समेत गरिसकेको छ ।