काठमाण्डौ । एनआईसी एशिया बैंक लिमिटेडले एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडसँग बैंकासुरेन्स सम्झौता गरेको छ ।

सम्झौताअनुसार अब यस बैंकका ग्राहकले मुलुकभर फैलिएको २४४ वटै शाखाहरुबाट सहज रुपमा एशियन लाईफ इन्स्योरेन्स कम्पनीको जीवन बीमा पोलिसीहरु खरिद गर्न सक्नेछन्  ।

सो सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका का.मु.प्रमुखकार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र इन्स्योरेन्स कम्पनीको तर्फबाट प्रमुखकार्यकारी अधिकृत राजेशकुमार श्रेष्ठले हस्ताक्षर गरेका थिए ।

यो बैंकको देशभर २४४ शाखा कार्यालय, २३८ एटिएम, १४ वटा एक्सटेन्सन काउण्टर एवं १८ वटा शाखारहित बैंकिङ्ग ईकाई रहेका छन् । यो देशकै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हो ।