काठमाण्डौ । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले लिमीटेडले हकप्रद प्रयोजनका लागि बुक क्लोज मिति तोकेको छ । 

यो कम्पनीले १० बराबर ६ अर्थात ६० प्रतिशत हकप्रद निश्कासन गर्दैछ । त्यसका लागि फागुन २२ गतेलाई बुक क्लोज मिति तोकेको हो । 

यसको अर्थ फागुन २१ गतेसम्म यो कम्पनीको सेयर खरीद गरेका वा सो मितिसम्म कायम सेयरधनीले मात्र हकप्रद खरीदका लागि आवेदन दिन पाउनेछन् । 

यो कम्पनीले १०० रुपैयाँ अंकित दरका ७५ लाख ४० हजार ३५२.७३ कित्ता हकप्रद सेयर निश्कासन गर्दैछ । 

हकप्रद सेयरको निश्कासन तथा बिक्री प्रबन्धकमा एनआइबिएल एस क्यापिटल लिमीटेड रहेको छ । 

हाल यो कम्पनीको चुक्तापूँजी १ अर्ब २५ करोड रुपैयाँ रहेको छ । हकप्रद सेयरपछि चुक्तापूँजी बढेर २ अर्ब माथि पुग्नेछ ।