काठमाण्डौ । बाह्रौं वर्ष प्रवेशको उपलक्ष्यमा एशियन लाईफ इन्स्योरेन्स कम्पनीले सामाजिक उत्तरदायित्व अन्तर्गत प्रधान कार्यालय तथा देशैभर रहेका शाखा कार्यालयहरुमा चैत २१ गते रक्तदान कार्यक्रम आयोजना गरेको छ ।

काठमाण्डौं मैतीदेवीस्थित प्रधान कार्यालय परिसरमा लायन्स क्लब अफ काठमाण्डौं चाबहिल सिटीको सहकार्यमा सम्पन्न खुल्ला रक्तदान कार्यक्रममा कम्पनीको कर्मचारीसहित ८६ जनाले रक्तदान गरेका छन् । 

सोही अवसरमा ग्यालेक्सी इम्पेक्स क्षेत्रपाटीको सहयोगमा ११० जनाको निःशुल्क मधुमेह परिक्षण समेत गरिएको छ । 

साथै कम्पनीको देशैभरको शाखा कार्यालयहरुमा समेत चैत २१ गते आयोजित रक्तदान कार्यक्रममा ५ सय २४ जनाले रक्तदान गरेका छन् ।

वार्षिकोत्सवकै अवसरमा चैत २० गते सफलता एचआइभी शिक्षा सदन(बेबी लाईफ होम) किर्तिपुरमा अध्ययनरत एचआइभी संक्रमित बालबालिकालाई खाद्यान्न, फलफूल तथा मिठाई वितरण गरिएको थियो ।