काठमाण्डौ । एशियन लाईफ ईन्स्योरेन्स कम्पनी लिमिटेड र एक्सेल डेभलपमेन्ट बैंक लिमिटेड बीच “जीवन बीमा सेवा“ सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । 
 
सम्झौतापत्रमा एशियन लाईफ ईन्स्योरेन्स कम्पनी लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजेशकुमार श्रेष्ठ र एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत दिनेशकुमार पोखरेलले एक कार्यक्रमका बीच हस्ताक्षर गरे । 
 
यो सम्झौतासँगै एक्सेल डेभलपमेन्ट बैंकको ३० वटा शाखाहरुबाट समेत एशियन लाईफले प्रचलनमा ल्याएका जीवन बीमा योजनाहरु खरिद गर्न सकिनेछ ।