काठमाण्डौ । कोरोना भाइरस संक्रमण रोकथामका लागि क्रियाशील सातवटै प्रदेश सरकारहरुले स्थापना गरेका सहयोग कोषमा एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमीटेडले रु. ३५ लाख सहयोग गर्ने निर्णय गरेको छ । 

एशियन लाइफ इन्स्योरेन्स, यसका संचालक तथा सबै कर्मचारीहरुको तर्फबाट सो सहयोग रकम उपलब्ध गराउने निर्णय भएको कम्पनीले एक विज्ञप्ति जारी गरी जनाएको छ । 

यो कम्पनीले रु. ५ लाखको दरले सातवटै प्रदेश सरकारले स्थापना गरेका कोरोना रोकथाम तथा नियन्त्रण सहयोग कोषमा कुल रु. ३५ लाख प्रदान गर्ने निर्णय गरेको हो । 

यो कम्पनी शुक्रबार(आज)देखि स्थापनाको १३ औं वर्षमा समेत प्रवेश गरेको छ ।