काठमाण्डौ । एशियन लाइफ इन्स्योरेन्सले फागुन १३ गते(आज)देखि २ बराबर १ को अनुपातमा हकप्रद सेयर निश्कासन गरेको छ । 

कम्पनीले १०० रुपैयाँ अंकित दरका ४० लाख २७ हजार ९ सय ६६.२० कित्ता हकप्रद सेयर निश्कासन गरेको हो ।

हकप्रदका लागि सेयरधनीले चैत १८ गतेभित्र तोकिएका स्थानमा आवेदन दिन सकिने बताइएको छ । 

हकप्रद सेयरको निश्कासन तथा बिक्री प्रबन्धकमा एनआइबिएल क्यापिटल लिमीटेड रहेको छ । 

हाल यो कम्पनीको चुक्तापूूँजी ८० करोड ५५ लाख रुपैयाँ रहेको छ । हकप्रदपछि कम्पनीको चुक्तापूँजी बढेर १ अर्ब २० करोडको उचाईमा पुग्नेछ ।

हकप्रदका लागि एनआइबिएल क्यापिटलको काठमाण्डौ, ललितपुर र पोखरास्थित कार्यालयहरु, एशियन लाइफ इन्स्योरेन्सको मैतीदेवी(काठमाण्डौ)स्थित मुख्य कार्यालय तथा देशभरका शाखा कार्यालयहरु र धितोपत्र बोर्डबाट सीआस्वा सेवा संचालनका लागि अनुमतिप्राप्त बैंक तथा बित्तीय संस्था र तिनका शाखाबाट आवेदन दिन सक्नेछन् ।

माघ ७ गतेसम्म कायम सेयरधनीले हकप्रदका लागि आवेदन दिन पाउनेछन् । 

नेपालको एक मात्र क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले यो कम्पनीको हकप्रदलाई इक्रा एनपी आइपीओ ग्रेड फोर प्लसको रेटिङ प्रदान गरेको छ । यसको अर्थ कम्पनीको आधारभूत अवस्था औसतभन्दा कमजोर रहेको भन्ने हो ।