काठमाण्डौ । एशिया प्रसान्त चेम्बर अफ कमर्श एण्ड इन्डष्ट्रीज(क्यासी)का अध्यक्ष जामेल इनाइस्वालीले चन्द्रागिरि केबलकारको अनौपचारिक भ्रमण गरेका छन् । 

अनौपचारिक भ्रमणमा आएका अध्यक्षसहितको प्रतिनिधि मण्डललाई नेपालउद्योग बाणिज्य महासंघका उपाध्यक्ष एवम् चन्द्रागिरि हिल्स लिमिटेडका अध्यक्ष चन्द्रप्रसाद ढकाल र महाप्रवन्धक अभिषेक विक्रम शाहले स्वागत गर्दै परियोजनाको स्थलगत भ्रमण गराएका थिए । 

चन्द्रागिरिमा राखिएको आगन्तुक पुस्तिकामा हस्ताक्षर गर्दै अध्यक्ष जामेलले चन्द्रागिरिको  विकासबाट आफूू र आफ्नो छोरा अत्यन्तै प्रभावित बनेको उल्लेख गरेका छन् । चन्द्रागिरि प्राकृतिक सौन्दर्यले भरिपूर्ण भएको र यस्तो अत्यन्तै आकर्षक पर्यटकीय गन्तब्यको भ्रमण गर्ने अवसर उपलब्ध गराएकोमा चन्द्रागिरि हिल्स लिमिटेडका अध्यक्ष चन्द्रप्रसाद ढकाल र चन्द्रागिरि परिवारलाई उनले धन्यवाद ज्ञापन गरेका थिए ।

ऐतिहासिक, साँस्कृतिक तथा प्राकृतिक महत्व बोकेको चन्द्रागिरि डाँडामा यस कम्पनीले भालेश्वर महादेव मन्दिर, सत्तल, भ्यू टावर, चिल्ड्रेन पार्क र सेमिनार हललगायतका पूर्वाधार निर्माण गरेर चन्द्रागिरि डाँडालाई एकीकृत पर्यटकीय गन्तव्यको रुपमा विकास गरिरहेको छ ।