काठमाण्डौ । बुधबार एशियाली देशहरुको सेयर बजारले गिरावटको मार व्यहोरेको छ । न्यूज एजेन्सीहरुका अनुसार मंगलबार अमेरिकी बजारमा भएको तीव्र गिरावटको प्रभाव एशियाको बजारमा समेत परेको हो ।

सिंगापुरको बजार ०.६३ प्रतिशतले घटेको छ भने जापानको बजार निक्केई ८७ अंकले घटेर २२७३१ को विन्दूमा समेटिन पुगेको छ ।

यस्तै, हङकङको बजार १५६ अंकले घटेर ३०९९५ को विन्दूमा आइपुगेको छ ।

कोरियाली बजारको इण्डेक्स कोस्पी ०.७८ प्रतिशतले घटेको यो दिन ताइवानको इण्डेक्समा भने १७ अंकको बढोत्तरी भएको छ । संघाई कम्पोजिट ०.२३ प्रतिशतले घटेको छ भने स्टेट्स टाइम्स इण्डेक्स ०.२२ प्रतिशतले घटी ३५३२ को विन्दुमा समेटिएको छ ।