काठमाण्डौ । एनसेल प्राईभेट लिमिटेडले २०७४ सालको माध्यामिक शिक्षा परीक्षा(एसईई)मा सहभागी परीक्षार्थीहरुका लागि विशेष अफर ‘पहिलो सिम’ ल्याएको छ । 

यो योजनाअन्तर्गत परीक्षार्थीले मात्र रु १ मा एनसेलको प्रिपेड सिमको खरिदसँगै सिमको पहिलो रिचार्जमा आईफ्लिक्स भिडियो स्ट्रिमिङ्ग र माइफाइभ सेवाको फाइदा लिन सक्नेछन् । 

यसका साथै परीक्षार्थीले विशेष तथा सुलभ डेटा प्याक सँगै हरेक रिचार्जमा बोनस डेटा र एसएमएसको लाभ लिन सक्नेछन् । 
 
यो अफर यही सोमबार (चैत्र १९) देखि लागू हुनेछ ।  एसईई परीक्षाका परीक्षार्थीले आफ्नो परीषा प्रवेश पत्र र आफ्नो आमा वा बाबुको नागरिकताको फोटोकपी बुझाई नजिकैको एनसेल सेन्टरबाट सिम लिन सक्नेछन् ।

यो योजनाअन्र्तगत सिम खरीद गर्ने परीक्षार्थीले दैनिक ३ घण्टा बेलुका ११ बजेदेखि अर्को दिनको साँझ ५ बजेसम्म आईफ्लिक्समा रहेका सामाग्री निःशुल्क हेर्नसक्ने छन् । आईफ्लिक्स विश्वका विकासशील बजारहरुका लागि अग्रणी मनोरञ्जन सेवाप्रदायक हो । परीक्षार्थीले आईफ्लिक्समा रहेका कुनै पनि कार्यक्रम तथा भिडियो हेर्न सक्नेछन् । 
 
पहिलो सिम सुचारु गर्ने ग्राहकले रु ५० वा सो भन्दा बढीको रिचार्ज गरेपछि बिना कुनै अतिरिक्त शुल्कमा इफाइभ समूहको ५ वटा नम्बरमा ३० दिन सम्म अनलिमिटेड कल सेवाको लाभ लिन सक्नेछन् । माइफाइभ समूहमा ग्राहकले अधिकतम ५ वटा एनसेल नम्बर समाबेश गर्न सक्छन् । माइफाइभ समूहमा ३० दिनपछि कल गर्दा प्रतिमिनेट कर बाहेक रु ०.९९ शुल्क लाग्नेछ । 
 
ग्राहकले एस्ट्रिक्स५५४४ह्यास  डायल गरी प्राप्त निर्देशनअनुसार आफूले कुरा गर्न चाहेको एनसेल नम्बरलाई माइफाइभमा समूहमा राख्न सक्नेछन् । माइफाइभ सेवाको समूहमा ५ वटा नम्बर राखी सकेपछि त्यसमा रहेका कुनै नम्बर हटाई अर्को नम्बर समावेश गर्नुपर्ने भएमा प्रत्येक परिवर्तनको कर बाहेक रु ५ शुल्क लाग्नेछ ।
 
साथै एक वर्षसम्म रु ५० वा सो भन्दा बढीको हरेक रिचार्जमा एसईई परीक्षार्थीले १०० एमबी डेटा र १०० एसएमएस बोनस स्वरुपप्राप्तगर्नेछन् ।बोनस स्वरुपप्राप्त डेटा तथा एसएमएस २४ घण्टाको लगि मान्य रहनेछ । 
 
इति मात्र हैन, एसईई परीक्षार्र्थीका लागि ल्याइएको विशेष डेटा प्याकले यस योजनालाई थप आकर्षित बनाएको छ । यो योजनाअन्तर्गत परीक्षार्थीले डे डेटा प्याकअन्तर्गत करसहित मात्र रु २० मा ३०० एमबि डेटाको मज्जा लिन सक्नेछन् । यो अफरअन्तर्गत परिक्षार्थीले कम्ती मा ७ पैसा प्रतिएमबिमा डेटा सेवाको फाइदा लिन सक्नेछन् भने करसहित मात्र रु २० मा नाइट डेटा प्याकअन्तर्गत बेलुका ११ बजे देखि बिहान ७ बजेसम्म अनलिमिटेड डेटा सेवाको लाभ लिन सक्नेछन् । नाइट डेटा प्याक २४ घण्टाको लागि मान्य रहनेछ ।  

परीक्षार्थीले एस्ट्रिक्स१७१०३ह्यास डायल गरी यो अफर अन्र्तगतको डेटाको लिन सक्नेछन् । 
 
एसईई २०७४ को परीक्षार्थीहरुका लागि यो विशेष योजना ल्याउन पाउँदा कम्पनी निकै हर्षित रहेको एनसेलले जनाएको छ । यो अफरले परीक्षार्थीहरुको भ्वाइस, डेटा तथा एसएमएस सेवाको आवश्यकतालाई  सम्बोधन गर्दै उनीहरुको मनोरञ्जनका लागि हरेक दिन ३ घण्टा आईफ्लिक्समा रहेका कुनै पनि सामाग्री निःशुल्क हेरेर मज्जा लिन सक्नेछन् ।
 
यो योजना सुरु भएको दिनदेखि ९० दिनसम्मका लागि मान्य रहनेछ ।