काठमाण्डौ । नेपाल एसबीआई बैंकले आफ्ना सेयरधनीलाई १५.४२ प्रतिशत बोनस सेयर वितरणको प्रस्ताव गरेको छ । 

कात्तिक १० गते बसेको बैंकको ४१२ औं बोर्ड बैठकले आर्थिक वर्ष २०७३/७४ को नाफाबाट सेयरधनीलाई १५.४२ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.८१ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो । 

यो निर्णय नेपाल राष्ट्रबैंक र बैंकको आगामी २४ औं वार्षिक साधारणसभाबाट पारित भएपछि कार्यान्वयनमा आउनेछ । 

गत वर्ष यो बैंकले २८ प्रतिशत बोनस सेयर र १.५३ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । 

बैंकले आर्थिक वर्ष २०७३/७४ मा १ अर्ब ५२ करोड ३२ लाख खूद नाफा आर्जन गरेको थियो । 

हाल बैंकको चुक्तापूँजी ६ अर्ब ९७ करोड रुपैयाँ रहेको छ । बोनस सेयरपछि चुक्तापूँजी बढेर ८ अर्ब ५ करोडको उचाईमा पुुग्नेछ ।