काठमाण्डौ । तपाई अब जब स्टेट बैंक अफ इण्डिया(SBI) वा सो बैंकसँगको सहकार्यमा नेपालमा संचालित एसबीआई बैंकको शाखामा जानुहुन्छ, तब त्यहाँका कर्मचारी एकदमै व्यवसायिक पाउनुहुनेछ, देख्नुहुनेछ । बैंकको कुरा पत्याइदिने हो भने तपाईले एक नयाँ किसिमको अनुभव हुनेछ । यसको मुख्य कारण हो कि भारतको सबैभन्दा ठूलो बैंक एसबीआईले आफ्ना कर्मचारीका लागि डेस कोड, ग्रुमिंग टिप्स र सामाजिक चालचलनको सवालमा केही कुराहरुलाई पालना गर्न भन्दै नयाँ गाइडलाइन जारी गरेको छ । यो गाइडलाइन भारत बाहेक उसको लगानी रहेका अन्य देशका बैंकहरुमा समेत लागू हुने बताइएको छ । यो व्यवस्था अन्तरगत अब एसबीआईसँग जोडिएका विश्वभरका कर्मचारीहरुले काम गर्दा आफ्नो पोशाकदेखि लिएर आफ्नो लुक्सलाई समेत व्यवसायिक ढंगले मेन्टेन गर्नुपर्नेछ भने धेरै सानो भन्दा सानो कुरामा पनि विशेष ध्यान दिनुपर्नेछ ।

आउनुहोस् हेरौं, एसबीआईले आफ्ना तमाम कर्मचारीका लागि के कस्तो सीमा तथा गाइडलाइन तोकेको छ:

१.लामो कमाल र दाह्री बर्जित
एसबीआईले कर्मचारीलाई  ग्रुमिंगको बिषयमा समेत गाइडलाइन जारी गरेको छ । यसअन्तर्गत  अब एसबीआईका पुरुष कर्मचारीले बढेको दाह्री राख्न पाउने छैनन् । यस्तै, उनीहरुको कपाल समेत रफ देखिने पाउने छैन । दाह्री र कपाल चिटिक्क बनाएर मात्र अफिस जानुपर्नेछ ।

२.चप्पल लगाउन मनाही
एसबीआईले आफ्ना तमाम कर्मचारीका लागि चप्पल लगाएर अफिस जान प्रतिबन्ध लगाएको छ । अब एसबीआईका कर्मचारी केवल औपचारिक फूटवेयरमा देखिनेछन् । साथै, उनीहरुको जुत्ता सधैं सफा देखिनुपर्नेछ । बैंकले स्नीकर्स या स्पोट्र्स सूज लगाउन समेत प्रतिबन्धित गरेको छ ।

३.केही कर्मचारीले लगाउन पाउने छैनन् औपचारिक पोशाक
एसबीआईले केही स्टाफहरुका लागि युनिफर्म तोकिदिएको छ । यसमा विशेष खालका ड्यूटी गर्ने कर्मचारीहरु जस्तै, सबअर्डिनेट स्टाफ, सेक्युरिटी कर्मचारी, फायर अफिसर, सम्पर्क अधिकारी जस्ता सुपरभाइजिंग कर्मचारी सामेल छन् ।

४.टिसर्ट र जिन्समा पनि प्रतिबन्ध
बैंकले कर्मचारीहरुमाथि अनौपचारिक पोशाक जस्तै, सर्ट, सर्ट तथा टाउजर, टिसर्ट, जिन्स आदि लगाउन समेत प्रतिबन्धित गरेको छ । बैंकको प्रशासनिक कार्यालयका सिनियर अफिसरतर्फका पुरुष कर्मचारीले अब केवल प्रोफेसनल डेस कोड वा पेन्ट सर्ट, सूट, ब्लेजर, ज्याकेटमा मात्र देखिनेछन् । यस्तै, महिला कर्मचारी समेत साडीचोलो वा सूटमा देखिनेछन् । शाखामा काम गर्नेहरुका लागि समेत औपचारिक डेस कोड नै लागू हुने समाचारमा बताइएको  छ ।

५.शरीर गन्हाए सख्त कारबाही
एसबीआईले आफ्ना सबै कर्मचारीलाई शरीर र मुखको दुर्गन्धबाट बच्न र यस्ता कुरामा विशेष ख्याल गर्न उर्दी जारी गरेको छ । यसका लागि कर्मचारीले डियो, माउथ वास लगायतका वस्तु प्रयोग गर्न सक्नेछन् । यदि कसैको शरीर वा मुख गन्हाएको पाए उसलाई तत्काल सख्त कारबाही गरिने बताइएकोछ । 

६.परिचयपत्र अनिवार्य
एसबीआई बैंकले ड्यूटीको समयमा बैंकका सबै तहका कर्मचारीहरुलाई दैनिक परिचयपत्र  लगाउन अनिवार्य गरेको छ । यस अलावा शाखामा काम गर्ने कर्मचारीहरुले भने ड्यूटीको समयमा उनीहरुको नामको ब्याज समेत लगाउनुपर्नेछ ।

७.जुत्ता र बेल्टको रंग एउटै हुनुपर्ने
सर्कुलरका अनुसार एसबीआई बैंकका कर्मचारीको जुत्ता र बेल्टको रंग एउटै हुनुपर्नेछ । साथै, उनीहरुले लगाउने मोजाको रंग टाउजर वा पेन्टको रंगसँग मेल खाने हुनुपर्नेछ ।

८.टाईमा पनि कडाई
बैंकले टाई र सर्टको कलर कम्बिनेशनको बिषयमा समेत गाइडलाइन जारी गरेको छ । यसअन्तर्गत अब कर्मचारीले प्लेन सर्टमा प्लेन टाई लगाउन पाउने छैनन् । कर्मचारीले प्लेन सर्टमा  डिजाइनवाला टाई र चेक शर्टमा प्लेन टाइ लगाउनुपर्नेछ । 

९.सूट ब्लेजर तथा पेन्टको रंगमा पनि कडाई
कर्मचारीको सूटको रंग, ब्लेजर वा पेन्टको रंगसँग मेल खानुपर्नेछ । अथवा, दुईको कलर कम्बिनेशन म्याच  हुनुपर्नेछ । 

१०.बैठकमा नडकार्नू
गाइडलाइनमा एसबीआईले आफ्ना कर्मचारीलाई बैठकको दौरान नडकार्न कडा आग्रह गरेको छ । बैंकको भनाईमा यो बानी निकै खराब हो ।

११.बढी नबोल्नु
एसबीआईले बैठक भइरहेको समयमा बढी नबोल्न समेत आफ्ना कर्मचारीलाई सुझाएको छ । प्रसंगभन्दा बाहिरको कुरा गर्न, हरेक कुरामा मै जान्ने हुँ भन्ने शैलीमा कुरा नगर्न र आफ्नो बोलीलाई नियन्त्रणमा राख्न भनेको छ । जथाभावी बोल्नु अव्यवसायिक हुने बैंकको सर्कुलरमा उल्लेख छ ।