काठमाण्डौ । नेपाल एसबीआई बैंक लिमीटेडले आफ्ना सेयरधनीलाई १५.७९ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ । 

बैंकले आर्थिक वर्ष २०७४/७५ को वितरणयोग्य नाफाबाट लगानीकर्तालाई ५ प्रतिशत बोनस सेयर र १०.७९ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो। 

नियामक नेपाल राष्टबैंकले स्वीकृत गरेपछि र कम्पनीको वार्षिक साधारणसभाबाट पारित भएपछि प्रस्तावित लाभांश सेयरधनीले पाउनेछन् । 

प्रस्तावित ५ प्रतिशत बोनस सेयर वितरणपछि यो बैंकको चुक्तापूँजी ८ अर्ब ४४ करोड माथि पुग्नेछ । 

गत वर्ष बैंकले १५.४२ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.८१ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।