काठमाण्डौ । नेपालको राजनीतिमा मंगलबार ऐतिहासिक दिन भयो । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र सत्तासीन माओवादी केन्द्र तथा माओवादीबाट विद्रोह गरी गठन भएको नयाँ शक्ति पार्टीबीच एकीकरण तथा सन्निकट प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा तालमेलको सहमति गरेका छन् । 

सहमतिको औपचारिक घोषणा मंगलबार भृकुुटीमण्डपस्थित राष्टिय सभागृहबाट तीनै पार्टीका शीर्ष नेता तथा कार्यकर्ताहरुको उत्साहजनक उपस्थितिका बीच सम्पन्न भयो । राष्टिय सभागृहको सभाहलमा बस्ने ठाउँ नपुुगेपछि बाहिरी परिसरमा समेत सयौं कार्यकर्ता र शुुभेच्छुुक ऐतिहासिक अवसरको साक्षीको रुपमा सहभागी भए । तीन कम्युुनिष्ट पार्टीबीच एकीकरण तथा चुनावी तालमेलको निर्णयसँगै एउटै कम्युनिष्ट पार्टी बनाउने उद्घोष गरिएको दिनको दृश्य कस्तो देखियो ? हाम्रा फोटो संवाददाताले यो ऐतिहासिक क्षणलाई आफ्नो क्यामेरा यसरी कैद गरे :