काठमाण्डौ । सनराइज बैंक लिमिटेडले शुक्रबार ओखलढुङ्गाकोे सिद्घिचरण नगरपालिका वडा नं ११ मा आफ्नो ८८ औं शाखा बिस्तार गरेको छ ।  

ओखलढुङ्गा शाखाकोे उद्घाटन ओखलढुङ्गाका प्रमुख जिल्ला अधिकारी जनकराज पन्त, सिद्घिचरण नगरपालिकाका उपमेयर इच्छाकुमारी गुरुङ्ख, उद्योग वाणिज्य संघ ओखलढुङ्गाका उपाध्यक्ष पूर्णकुमार श्रेष्ठ र बैंकका सहायक महाप्रबन्धक सर्बेन्द्र मिश्रले संयुक्त रुपमा गरे ।