काठमाण्डौ । माछापुच्छ«े बैंक लिमिटेडले सुनकोशी शाखा कार्यालयको औपचारिक सुरुवात गरेको छ । 

बैंकले पुस १२ गते ओखलढुङ्गाको सुनकोशी गाउँपालिकास्थित सुनकोशी शाखा कार्यालयको औपचारिक सुरुवात गरेको हो। 

सो शाखाको उद्घाटन बैंकका नायब प्रमुखकार्यकारी अधिकृत सन्तोष कोइरालाले क्रमशः प्रदेश सभाका सांसद मोहन खड्का र सुनकोशी गाउँपालिकाका अध्यक्ष रुद्रप्रसाद अधिकारीसँग संयुक्त रुपले गरे ।

यसअघि यो स्थानीय निकायमा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरुको उपस्थिति रहेको थिएन । सुनकोशी शाखा कार्यालयको औपचारिक सुरुवातपछि यस सुनकोशी गाँउपालिकामा उपस्थिति जनाउने पहिलो बैंक बन्न सफल भएको छ । 

नयाँ शाखामार्फत बैंकले आफ्ना ग्राहकहरुलाई कर्जा, निक्षेप लगायतका सम्पूर्ण बैकिङ्ग सुबिधा उपलब्ध गराएको छ ।

बैकले पूर्वमा झापादेखि पश्चिममा कञ्चनपुर साथै हिमालदेखि पहाड, र तराईसम्म आफ्ना ८९ वटा शाखाहरु र ४६ शाखारहित बैंकिङ्ग सेवा समेत गरी जम्मा १३५ स्थानबाट ग्राहकहरुमा सम्पूर्ण बैंकिङ्ग सुबिधा प्रदान गरिरहेको छ । साथै, बैंकको देशभर १०८ वटा एटीएमहरु संचालनमा छन् ।