काठमाण्डौ । आज नेप्सेले सार्वजनिक गरेको ओटीसी मार्केटमा पनि नेपाल बैंक लिमिटेडको सेयर पहिलो नम्बरमा देखिएको छ । लगानीकर्ताहरुमा एक किसिमको आश्चर्य पनि हुनु स्वभाविक हो । दोस्रो बजारमा नेपाल बैंक लिमिटेडको सेयर कारोबार भइरहेको छ तब किन ओटीसी मार्केटमा दर्ता भएको होला ?

बैंकहरुमध्ये सबैन्दा पुरानो बैंक नेपाल बैंक लिमिटेड हो । नेप्सेमा नेपाल बैंक लिमिटेड वि.सं.२०६८ सालमा ओटीसी मार्केटमा दर्ता भएको नेप्से स्रोतको दाबी छ । 

नेप्सेको ओटीसी मार्केटमा दर्ता भएका कम्पनीको सूचिमा पहिलो नम्बरमै नेपाल बैंक रहेछ । पछि बैंकले नेप्सेमा सूचीकरणका लागि आवश्यक मापदण्ड पूरा गरी दोस्रो बजारमा हाल पनि कारोबार भइरहेको छ ।

नेप्से स्रोतकाअनुसार दोस्रो बजारमा कारोबार भइरहेका कम्पनी भने ओटीसी मार्केटमा किनबेच हुँदैनन् । यसको मतलब नेप्सेले आज सार्वजनिक गरेको ओटीसी मार्केटमा दर्ता भएका कम्पनीहरुमा पहिलो नम्बरमा रहेको नेपाल बैंक दर्ता मात्र भएको तर हाल बैंकले नेप्सेको सूचीकरण मापदण्डमा रही दोस्रो बजारबाटै कारोबार भइरहेको छ ।

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से)ले ओटीसी मार्केटमा कारोबार हुने कम्पनीहरुको सूची प्रकाशन गरेको हो ।

नेप्सेले सूचीकरण खारेज गरेका विभिन्न कम्पनीहरुको धितोपत्रहरु,सूचीकरणका लागि आवश्यक शर्तहरु पूरा गर्न नसकी सूचीकरण हुन नसकेका कम्पनीका धितोपत्रहरु ,सूचीकरण प्रक्रियामा नआएका अन्य पब्लिक लिमिटेड कम्पनी तथा सरकारी संस्थाले निष्कासन गरेका धितोपत्रहरु कारोबार तथा नामसारी ओटीसी(ओभर दि काउन्टर) बजार सञ्चालन विनियमावली,२०६५ बमोजिम हुने व्यवस्था रहेको नेप्सेले जनाएको छ ।

सूचीकरणबाट खारेज वा सूचीकरणका मापदण्ड पूरा नभएका विभिन्न कम्पनीहरुको धितोपत्र नेप्सेको ओटीसी प्लेटफर्ममार्फत् किनबेच हुन व्यवस्था छ ।

ओटिसी मार्केटमा कारोबार हुने कम्पनीको सूचि यसप्रकार छ: