काठमाण्डौ। ओपेकसँग भएको सम्झौताविपरीत रुसले इन्धन उत्पादन बढाउँदै लगेको छ।

रुसले तेलको मूल्यमा आएको गिरावट रोक्न उत्पादन घटाई मार्चदेखि जुलाईसम्म प्रतिदिन करिब ८.५ मिलियन ब्यारेल तेल उत्पादन गर्ने ओपेकसँग सम्झौता गरेको थियो। तर सोही सम्झौताविपरीत रुसले जुलाई महिनाभरि प्रतिदिन ९.३७ मिलियन ब्यारेल तेल तथा ग्यास उत्पादन गर्यो। रुसले जुन महिनामा गरेको ३८.१६ मिलियन टन तेल तथा ग्यासको उत्पादनलाई जुलाई महिनामा बढाएर ३९.६३ टन पुर्याएको छ। 

प्रमुख तेल निर्यातकर्ता देशहरुको संगठन ओपेक र रुस सम्मिलित समूह ओपेक प्लसबीच भएको सम्झौताअनुसार तेल उत्पादन कटौती गर्ने सम्झौता अगस्ट महिनाबाट हट्दैछ।– एजेन्सी