काठमाण्डौ । वैश्विक रुपमै अग्रणी स्मार्टफोन ब्राण्ड ओपोले नेपाली उपभोक्ताका लागि ओपो एफनाइनको मूल्य समायोजनको घोषणा गरेको छ । 

ओपोले भोक प्रविधि सुसज्जित एफनाइन (४जीबी भ्यारिण्ट)लाई नयाँ आकर्षक समायोजित मूल्यमा उपलब्ध गराएको हो । 

ओपोलाई नेपालमा विश्वसनिय ब्राण्डका रुपमा स्थापित गर्न उपभोक्ताद्वारा प्राप्त माया र सहयोग प्रति कृतज्ञता स्वरुप कम्पनीले फोनलाई नयाँ आकर्षक मूल्यमा उपलब्ध गराएको बताइएको छ । 

सन् २०१८ अगस्टमा सार्वजनिक ओपो एफनाइन, वाटरड्रप स्क्रिन डिजाइन सहितको उद्योगकै पहिलो ह्याण्डसेट हो । फोनको अघिल्लो भागमा रहेको टप नोचमा रिसिभर, क्यामेरा र लाइट सेन्सरको प्रयोग गरिएको छ । यसले फोनलाई कम्प्याक्ट आकर्षक लेआउट प्रदान गर्नुका साथै प्रयोगकर्तालाई ठूलो स्क्रिनको मज्जा दिन्छ । 

ओपो एफनाइनमा रहेको ९०.८ रेसियो सहितको १९.५ ः ९ वाटरड्रप स्क्रिनले फोनको अघिल्लो भागलाई निकै सुन्दर र आकर्षक लुक्स प्रदान गरेको छ । वाटरड्रप डिजाइनको अवधारणालाई थप जीवन्तता प्रदान गर्न फोनमा क्यामेरा र फ्ल्याश लाइट एकै साथ उपलब्ध गरिएको छ । यसलाई झट्ट हेर्दा एक अर्कामा आकर्षित भइरहेको पानीका दूई थोपा झैँ देखिन्छ । 

वाटरड्रप स्क्रिनलाई जीवन्तता प्रदान गर्न फोनको स्क्रिन डिजाइनमा विस्तारित राउण्डेड कर्नरहरुको प्रयोग गरिएका छन् । यसले फोन समाउँदा सहजताको अनुभव प्रदान गर्नुका साथै फोनलाई थप आकर्षक रुप प्रदान गरेको छ । 

‘ओपोमा उपभोक्ता सँधै प्रथम प्राथमिकतामा पर्छन् । हामी तिनको आवश्यकता र चाहना बुझ्न हरदम प्रयाशरत रहन्छौँ । उहाँहरु सर्वोत्कृष्ट नवप्रबर्तन र प्राविधिक रुपमा अब्बल उत्पादनको उपयोग गर्ने चाहाना राख्छन् । ओपो एफनाइनले समय सापेक्षरुपमा उपभोक्ताको समग्र चाहनाको सम्बोधन गरेको छ ।‘मूल्य समायोजनका बारेमा बोल्दै, ओपो नेपालका प्रमुख कार्यकारी अधिकृत बबी ट्राओले भने,‘ समायोजित मूल्यले उपभोक्तालाई सेल्फी गेमको नयाँ उचाई अनुभव गर्ने अवसर प्रदान गर्नुका साथै थप उपभोक्तालाई एफनाइनको अनुभव लिन सहज बनाउने हाम्रो विश्वास छ ।

पहिले ४१ हजार ५ सय ९० मूल्य रहेको ओपो एफनाइन (४ जीबी) हालैको मूल्य समायोजन पछि रु. ३७ हजार ९ सय ९०मा  उपलब्ध गरिएको छ । नयाँ मूल्य सन् २०१९को मार्च १ देखि लागू भइसकेको छ ।