काठमाण्डौ । बर्लिन, जर्मनमा आयोजित आईएफए २०२० स्पेशल एडिशनमा ओपोका प्रमुख कार्यकारी अधिकृत टोनी च्छनले भर्चुअल उपस्थिति जनाएका छन् । भर्चुअल उपस्थिति जनाएका टोनीले क्वालकम की(नोट शत्र अन्तर्गत भिडियो कन्फरेन्स मार्फत आफ्नो वक्तव्य पनि प्रस्तुत गरेका छन् । वक्तव्य मार्फत टोनीले ओपो र क्वालकम बीच सहकार्यको ईतिहास केलाउँदै दुवै समूहले एकीकृत रुपमा सहकार्य अझ अघि बढाउँदै फाइभजी उत्पादनको ग्लोबल रोलआउटका लागि अझ दृढताका साथ अघि बढ्ने प्रतिबद्धता जनाए ।

 ‘ओपो र क्वालकमले निकै लामो, नजिकको तथा विश्वसनिय पार्टनरशिप आदान(प्रदान गरेको छ’, टोनीले भने, ‘हामीले स्मार्टफोन विकास लगायत अन्य क्षेत्रमा सहकार्य गरेका छौँ । यस बर्ष हामीले उपभोक्ताहरुका लागि थप फाइभजी उत्पादनका विकल्पका साथै अनुभव पस्कने सोचका साथ क्वालकमको स्न्यापड्रागन मोबाइल प्ल्याटफर्म सुसज्जित स्मार्टफोन्सका साथै फाइभजी सीपीई उत्पादनहरु यूरोप लगायत अन्य अन्तरराष्ट्रिय बजारमा सार्वजनिक गरेका छौँ । साथै, भविस्यमा विश्वभर फाइभजी उत्पादनको बृहत्तर ब्यवसायिक प्रयोगका लागि ओपोले क्वालकमसँगको पार्टनरशिपलाई निरन्तरता दिने छ ।’