काठमाण्डौ । ओपोले नेपाली बजारमा चाँडै नै ओपो एफ सेवेन सार्वजनिक गर्दैछ । 

सेल्फी एक्स्पर्ट सिरिजमा आर्टिफिसियल ईन्टेलिजेन्सी(एआई) प्रविधि समाहित गरिएको ओपो एफ सेवेन नयाँ सदस्यका रुपमा कम्पनीले सार्वजनिक गर्न लागेको हो । 

नयाँ सेल्फी एक्स्पर्टको सार्वजनिकका लागि आयोजित हुने बृहत समारोहलाई अझ रोचक बनाउने उद्देश्यका साथ कम्पनीले विभिन्न आकर्षक तथा रोमाञ्चक योजनाहरु ल्याउने घोषणा गरेको छ । ओपोका अनुसार आफ्ना प्रशंसकहरुका लागि कम्पनीले ‘यू एण्ड आई’ क्याम्पेन ल्याउने तयारी गरेको छ । 

ओपो एफ सेवेन क्याम्पेनको एक अभिन्न अंगका रुपमा योजनाबद्ध गरिएको ‘यू एण्ड आई’ मार्फत कम्पनीले आफ्ना प्रशंसक तथा प्रयोगकर्ताको भरपूर सहभागिताको आशा राखिएको बताएको छ । 

यो क्याम्पेनमा सहभागिता जनाई दूई भाग्यशाली विजेताले ओपो एफ सेवेनका लागि काठमाडौंमा आयोजना हुन गइरहेको बृहत सार्वजनिक समारोहमा सहभागिता जनाउने अवसर प्राप्त गर्न सक्नेछन् । 

योजनाको सञ्चालन कम्पनीले ओपो नेपालको आधिकारिक फेसबुक पेज, ईन्स्टाग्राम र ट्विटरमार्फत गर्ने जानकारी दिएको छ । ‘यू एण्ड आई’ क्यामपेनका लागि कम्पनीले दूई नेपाली यूवा स्टारको छनोट समेत गरिसकेको छ । योजनाका विजेताका लागि कार्यक्रममा सहभागिताका साथै तिनका प्यारा स्टारका साथमा सेल्फी खिच्न पाउने तथा अन्य विभिन्न सरप्राइजको समेत ब्यवस्था रहेको छ ।

‘नेपाल प्रवेशको छोटो अवधिमै एक स्थापित स्मार्टफोन ब्राण्डका रुपमा लोकप्रियताको शिखरमा पुग्न सघाउने समस्त नेपाली यूवा प्रति हामी कृतज्ञ छौ । हामी तिनलाई धन्यवाद ज्ञापन गर्ने कुनै पनि अवसर गुमाउन चाहान्नौ । तिनको अपार माया, साथ र सहयोगका लागि कृतज्ञता स्वरुप हामी ‘यू एण्ड आई’ क्याम्पेन ल्याउँदैछौं ।’, ‘यू एण्ड आई’ क्याम्पेनका बारेमा बोल्दै ओपो नेपालका प्रमुख कार्यकारी अधिकृत बबी ट्राओले भने ।