काठमाण्डौ । सेल्फी एक्स्पर्ट एण्ड लिडर, ओपोले नयाँ एन्ट्रि–लेभल क्यामेरा फोन ओपो ए८३ २०१८ सार्वजनिक गरेको छ । 

ए ८३-२०१८ यसै वर्षको जनवरी महिनामा सार्वजनिक गरिएको लोकप्रिय ओपो ए८३को परिस्कृत भर्जन हो । 

तीव्र गतिमा उत्कृष्ट कार्य सम्पादनका लागि ओपो ए ८३-२०१८मा कम्पनीले ४ जीबी र्याम र ६४ जीबी रोमको व्यवस्था गरिएको छ । साथै, यूवा पुस्ता लक्षित गर्दै फोन गोल्डका साथै आकर्षक नीलो रंगमा पनि उपलब्ध  गरिएको छ । 

फुल स्क्रिन डिस्प्ले र एआई ब्यूटी रिकग्निसन प्रविधिसहितको ओपो ए८३ २०१८ ले प्रयोगकर्तालाई थप वास्तविक र प्राकृतिक सेल्फी अनुभव प्रदान गर्छ । ३१८० एमएएच ब्याट्री जडान गरिएको ए ८३ को मूल्य रु. २७,४९० निर्धारण गरिएको छ । सार्वजनिक गरिएको नयाँ फोन नेपालभर रहेका कम्पनीका बिक्री केन्द्रमार्फत उपलब्ध गरिएको छ । 

ओपो ए८३ (४जीबी)का बारेमा बोल्दै ओपो नेपालका प्रमुख कार्यकारी अधिकृत बबी ट्राओले भने, ‘उत्पादन तथा तिनमा निहित प्रविधिमा निरन्तर सुधार ओपोका लागि सँधै प्राथमिकताको बिषय हो । हाम्रा उपभोक्ताका आवश्यकता तथा मागको सम्बोधनका लागि हामी निरन्तर प्रयासरत छौँ । जनवरीमा सार्वजनिक ओपो ए८३को परिस्कृत भर्जन ए८३ २०१८ मार्फत हामी किफायती बजेटमा स्मार्ट सेल्फी तथा शार्प परफरमेन्स चाहने उपभोक्ताका माग सम्बोधन गर्नमा समर्थ हुन्छौँ भन्ने अपेक्षा लिएका छौँ । ’

फ्ल्यागशिप फुल स्क्रिन, फेसियल रिकग्निसन फिचर र फेशनेबल लुक
ए८३को निर्माण उपाभोक्तालाई सहज तथा आरामदायी परिचालन अनुभव दिने सोचका साथ गरिएको छ । फोनमा जडित ४ जीबी र्यामले तीब्र कार्य क्षमता प्रदर्शित गर्छ । साथै सुपर लार्ज सञ्चालन मेमोरीले विशेष गरी युवा वर्गलाई गेमिङको भरपुर मज्जा लिन सघाउँछ । साथै, यसमा दुईवटा नानो सिम र १ थान एसडी कार्ड एकैपटक प्रयोग गर्न सकिन्छ । एसडी कार्डको प्रयोगबाट प्रयोगकर्ताले आफ्नो आवश्यकताअनुसार फोनको सञ्चयक्षमता २ सय ५६ जीबीसम्म बढाउन सक्छन् । नयाँ कलर ओएस ३.२ सञ्चालन प्रणाली र फाइल सेयरिङका लागि उपलब्ध गरिएको ओ–शेयरले ६ देखि ७ ओटा साधारण तस्विर एकै सेकेण्डमा ट्रान्सफर गर्न सघाउँछ । (फरक परिवेशमा ओपो टेष्ट डाटामा परिवर्तन आउन सक्छ) ।

फ्ल्यागशिप फुल स्क्रिन
ए८३को आकार जम्मा ५.७ ईञ्च छ । पछिल्लो मोडलका तुलनामा यसलाई एक प्रमुख सुधारका रुपमा लिन सकिन्छ । अधिकांश कम्पनीले आफ्ना फ्ल्यागशिप मोडलमा मात्र उपलब्ध गराउँदै आएको फुल स्क्रिनको मज्जा यसको साथमा एण्ट्रि लेभल फोनमै पस्कन कम्पनी सफल भएको छ । यसले गर्दा ए८३ मार्फत तस्विर, भिडियो हेर्दा तथा गेम खेल्दा फराकिलो दृष्यानुभुति लिन सकिन्छ । आजसम्म अधिकांश प्रमुख ब्राण्डले आफ्ना फ्ल्यागशिप मोडलमा मात्रै फुल स्क्रिन फिचर समाहित गरेका छन् । ओपो ए८३को साथमा आफ्ना थप उपभोक्ताले फुल स्क्रिन फोनको उपयोग गर्न पाउन् भन्ने कम्पनीको उद्देश्य रहेको छ । साथै, फुल स्क्रिन डिस्प्लेलाई साथ दिन यसमा १४४० ह् ७२० उच्च रिजोल्यूशनको ब्यवस्था गरिएको छ । 

डिजाइन
ए८३को डिजाइन यूएफओ (यूएफओ कभ्र्ड डिजाइन फिलोसोफी) मा आधारित भइ  गरिएको छ । फोनलाई प्रिमियम डिजाइन दिने सोचका साथ यसमा यूएफओको जस्तै सुब्यवस्थित डिजाइन अपनाइएको कम्पनीको भनाइ छ । 

एआई ब्यूटी रिकग्निसन प्रविधि
ओपोका एफ सिरिज तथा ए सिरिज उत्पादनमा समाहित गरिएको एकिकृत ब्यूटी फञ्सन विशेष गरी यूवा तथा ट्रेण्डि पुस्ता माझ विशेष लोकप्रिय बन्न सफल भएको छ । ८ मेगापिक्सेलको फ्रण्ट र १३ मेगा मेगापिक्सेल क्षमताको रियर क्यामेरा सहितको ओपो ए८३मा एआई ब्यूटी रिकग्निशन प्रविधिको प्रयोग गरिएको छ । यो प्रविधिले तस्विरमा तपाईँलाई उत्कृष्ट देखाउन सघाउँछ । यसले अनुहारका प्रमुख चारित्रिक विशेषताको पहिचान गरी तिनको सुन्दरता कायम राख्दै उत्कृष्ट सेल्फी प्रस्तुत गर्न सघाउँछ ।