काठमाण्डौ । सेल्फी एक्स्पर्ट एण्ड लिडर ओपोले वैश्विक स्तरमै निकै लोकप्रियता कमाएको स्मार्टफोन ओपो एफनाइन अन्तर्गत नयाँ लिमिटेड एडिशन सार्वजनिक गरेको छ । 

पछिल्लो बर्ष सनराइज रेड, ट्वाइलाइट ब्ल्यू र स्टारी पर्पल गरी तीन भिन्न रंगमा सार्वजनिक ओपो एफ नाइनका लागि प्राप्त अभूतपूर्व सफलतापश्चात कम्पनीले नयाँ रंग जेड ग्रिनमा लिमिटेड एडिसनका रुपमा फोन सार्वजनिक गरेको हो । 

एफ नाइन जेड ग्रिन एडिसनको मूल्य रु. ४१,५९० निर्धारण गरिएको छ । 
 

‘एफनाइनका लागि प्राप्त माया र सहयोगका लागि हामी समस्त उपभोक्ताप्रति कृतज्ञ छौ । एफ नाइनले नेपाली बजारमा निकै ठूलो सफलता हात पारेको छ । हामीले जेड ग्रिन लिमिटेड एडिसनको डिजाइन विशेष गरी यूवा पुस्तालाई ध्यानमा राखी गरेका छौ ।’ ओपो नेपालका प्रमुख कार्यकारी अधिकृत बबी ट्राओले भनेका छन् । 

जेडग्रिन एडिसनमा एफनाइनमा विद्यमान विशेषताहरु (स्पेसिफिकेसन्स)लाई नै निरन्तरता दिइएको कम्पनीले जनाएको छ । यसमा उपलब्ध भोक फ्ल्याशचार्जले ५ मिनेटको चार्जमा २ घण्टा टक टाइमको सुनिश्चितता प्रदान गर्छ ।