काठमाण्डौ । एनएमबि बैंक लिमीटेड र ओम डेभलपमेन्ट बैंक लिमीटेडबीच असोज ११ गते शनिबारका दिनदेखि एकीकृत कारोवारको शुभारम्भ भएको छ । 

दुबै संस्था गाभिएपछि बैंकको चुक्तापूँजी ११ अर्ब ५३ करोड र कोष ८ अर्ब ६२ करोड गरी कुल पुँजी २० अर्ब १५ करोड पुगेको छ  । मर्जपश्चात बैंकको नाम ‘एनएमबि बैंक लिमीटेड’ र मुख्य कार्यालय एनएमबि भवन, बबरमहल, काठमाडौं रहेको छ ।

दुबै संस्था गाभिएपश्चातको एनएमबि बैंकको तीन नम्बर प्रदेशमा शाखाहरुको सञ्जाल ४४ वटा, गण्डकी प्रदेशमा ३९ वटा र पाँचनम्बर प्रदेशमा शाखा सञ्जाल २९ वटा गरी कुलशाखा सञ्जाल १६३, एटिएमहरुको सञ्जाल १२८ पुगेको छ भने एक्स्टेन्सन काउण्टरहरुको संख्या ५ पुगेको छ । 

एकिकृत कारोवारको शुभारम्भ गण्डकी प्रदेशका अर्थमन्त्रीश्री किरण गुरुङ्गको उपस्थितीमा गण्डकी प्रदेशको पोखरामा भएको हो । 

कार्यक्रममा नेपाल राष्ट्रबैंकका गभर्नर डा. चिरञ्जिवी नेपालको शुभकामना सन्देश नेपाल राष्ट्र बैंकको पोखरा निर्देशक डा. डिल्लीराम पोखरेलले पढेर सुनाएका थिए । 

एनएमबी बैंकमा नेद्रल्याण्ड्सको एफएमओ, कर्मचारी सञ्चयकोष लगायतको लगानी रहेको छ । 

एफएमओसँगको सहकार्यले एनएमबी बैंकले वातावरण र सामाजिक जोखिम व्यवस्थापन गर्न तथा नविकरणिय उर्जा, साना तथा मझौला व्यवसाय र कृषिउद्यममा अग्रता हासिल गर्न सफल भएको छ । बैंकले लगातार वर्ष २०१७ र २०१८ मा ‘द बैंकर, फाइनान्सियल टाइम्स, लण्डनबाट ‘बैंक अफ द इयर’को उपाधि प्राप्त गर्न सफल भएको छ ।