काठमाण्डौ । ओम डेभलपमेन्ट बैंक लिमीटेड तथा नेशनल बैंकिङ इन्स्टिच्यूट (एनबिआई) बीच एक समझदारीपत्रमा हस्ताक्षर भएको छ । 

समझदारीपत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत बिश्वमोहन अधिकारी तथा एनबिआईका प्रमुख कार्यकारी अधिकृत सञ्जिव सुब्बाले हस्ताक्षर गरेका छन् । 

बिकास बैंकहरुमध्ये समझदारीपत्र हस्ताक्षर गर्ने ओम विकास बैंक पहिलो बैंकको रुपमा रहेको छ ।

समझदारीपत्रमा नेशनल बैंकिङ्ग इन्स्टिच्यूट मार्फत ओम डेभलपमेन्ट बैंक लिमीटेडका १०० भन्दा बढी कर्मचारीहरुलाई बिशिष्टिकृत बैंकिङ्ग प्रमाणीकरण जान्बी(JANBI) कोर्स प्रदान गर्ने सहमति भएको छ । 

बैंकिङ्ग कर्मचारीहरुको क्षमता एवँ दक्षता अभिबृद्धि गर्ने प्रयास स्वरुप यो कोर्सको विकास गरिएको हो । उनीहरुको क्षमता बृद्धि तथा बैंकिङ सम्बन्धि ज्ञान, सिप र शिक्षामा अझ बढी निखार ल्याउने साथै भविष्यमा बैंकिङ क्षेत्रमा अव्वल रुपमा उभ्याउनु यसको उद्येश्य रहेकोे छ ।

बैंकले आफ्ना कर्मचारीको क्षमता बृद्धिलाई दिगो बनाईराख्नको लागी आन्तरिक तथा बाह्य संस्थाद्धारा प्रदान गरिएको तालिममा सहभागी गराइरहेकोमा, एनबिआईद्धारा प्रमाणीकरण  कोर्षमा सहभागी गराउँदा कर्मचारीको उत्पादकत्वमा अझ बृद्धि हुने बैंकले विश्वास लिएको छ ।