काठमाण्डौ । ओम डेभलपमेन्ट बैंक लिमीटेडले आगामी असोज २३ गतेदेखि ४९ लाख ३१ हजार ८ सय ३५ कित्ता हकप्रद सेयर निश्कासन गर्ने भएको छ । 

शुक्रबार एक सूचना जारी गर्दै यो बैंकले असोज २३ देखि खुल्ने हकप्रदमा कात्तिक २६ गतेसम्म तोकिएका स्थानमा हकप्रदका लागि आवेदन दिनसक्ने जनाएको छ । 

यो बैंकको ३० प्रतिशत हकप्रदको बुक क्लोज मिति भदो ३० गते तोकिएको थियो । यसको अर्थ भदौ २९ गतेसम्म यो बैंकको सेयर खरीद गरेका वा आफ्नो नाममा नामसारी गरेकाहरुले हकप्रदका लागि आवेदन दिन सक्नेछन् । 

एनआइबिएल क्यापिटल मार्केट लिमीटेड ओम बैंकको हकप्रद निश्कासन तथा बिक्री प्रबन्धक रहेको छ । 

इच्छुक सेयरधनीले काठमाण्डौको लाजिम्पाटस्थित एनआइबिएल क्यापिटल मार्केटको मुख्य कार्यालय, ओम डेभलपमेन्ट लिमीटेड र इन्भेष्टमेन्ट बैंकका सबै शाखा कार्यालयबाट आवेदन दिनसक्नेछन् । 

हाल यो बैंकको चुक्तापूँजी १ अर्ब ६४ करोड रुपैयाँ रहेको छ । हकप्रदको पूँजीकरणपछि बैंकको चुक्तापूँजी बढेर २ अर्ब १३ करोडको उचाईमा पुुग्नेछ ।