काठमाण्डौ । ओम डेभलपमेन्ट बैंक र महालक्ष्मीलाईफ इन्स्योरेन्स लिमीटेडबीच बीमा सेवा दिने सम्बन्धमा एक समारोहबीच सम्झौता भएको छ ।

सम्झौताअनुसार ओम डेभलपमेन्ट बैंक लिमीटेडले देशभर रहेका आफ्ना ५३ शाखाहरुबाट महालक्ष्मी लाईफका जीवन बीमा योजनाहरु बिक्री गर्नेछ।

सम्झौतामा ओम डेभलपमेन्ट बैंकका तर्फबाट प्रमुखकार्यकारी अधिकृत विश्वमोहन अधिकारी र महालक्ष्मी लाईफका तर्फबाट प्रमुखकार्यकारी अधिकृत रमेशकुमार भट्टराईले हस्ताक्षर गरेका थिए ।

महालक्ष्मी लाईफ इन्स्योरेन्सले साबधिक बीमा योजना, डबल साबधिक बीमा योजना र लगानी फिर्ता बीमा योजना सार्वजनिक गर्दै २०७५ माघ २७ गतेबाट कारोबार प्रारम्भ गरेको हो। 

महालक्ष्मी लाईफ इन्स्योरेन्सले २०७५ चैत्र मसान्तभित्र देशका २३ स्थानमा कारोबार सञ्चालनको तयारी गरिरहेको छ ।