काठमाण्डौ । आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र ओम हस्पिटल एण्ड रिसर्च सेन्टरबीच सेवा प्रदान गर्ने सम्झौता भएको छ । 

सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका नायब महाप्रवन्धक पवन थापा र ओम हस्पिटल एण्ड रिसर्च सेन्टरका प्रबन्ध निर्देशक बाबुकाजी कार्कीले हस्ताक्षर गरे ।

यो सम्झौतापछि आइएमई जनरल इन्स्योरेन्स लिमिटेडबाट औषधोपचार बीमा सेवा खरिद गर्ने ग्राहकहरुको बीमा लेखको सीमासम्म ओम हस्पिटल एण्ड रिसर्च सेन्टरबाट नगदरहित हस्पिटलाईजेशन(क्यासलेस हस्पिटलाइजेसन) सुविधा प्राप्त गर्न सकिनेछ । 

साथै, सोही अवसरमा थापाले ओम हस्पिटल एण्ड रिसर्च सेन्टरले आफ्ना ग्राहकलाई आइएमई जनरल इन्स्योरेन्स लिमिटेडसँग आइजिआई औषधोपचार बीमालेख खरिद गरी अस्पतालवसँग बीमालेखको सिमासम्म नगदरहित हस्पिटलाईजेशन सेवा लिन उत्प्रेरित गर्ने अपेक्षा राख्दै अस्पताल र अस्पतालसँग आबद्ध सदस्यहरुलाई औषधोपचार लगायत आवश्यक पर्ने सबै प्रकारका निर्जीवन बीमा सेवा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडबाट प्राप्त गर्नसक्ने समेत बताइएको छ ।