काठमाण्डौ । प्राइम कमर्सियल बैंकसँग मर्जरको प्रक्रियामा रहेको ओम डेभलपमेन्ट बैंकले चालु आर्थिक वर्षको दोश्रो त्रैमासमा खूद नाफातर्फ कमालको प्रगति गरेको छ । 

यो बैंकले अघिल्लो वर्ष यही अवधिमा १५ करोडमा सीमित खूद नाफा बढाएर २४ करोडको उचाई चुमाएको हो । 

समीक्षा अवधिमा बैंकले अघिल्लो वर्ष २२ करोड २१ लाखमा सीमित संचालन मुनाफा बढाएर ३७ करोड ३२ लाखको उचाई चुमाएको छ । 

व्यवसाय बिस्तारमा ध्यान दिएका कारण बैंकको खूद ब्याज आम्दानीमा निकै राम्रो प्रगति भएको छ । अघिल्लो वर्ष ३२ करोड २८ लाखमा सीमित यस्तो आम्दानी बढेर यो वर्ष ५२ करोड पुगेको छ । 

समीक्षा अवधिमा बैंकले २३ अर्ब ६८ करोड निक्षेप संकलन गरी २१ अर्ब ३४ करोड बढी कर्जा परिचालन गरेको छ । अघिल्लो वर्ष यही अवधिमा १७ अर्ब ५८ करोड निक्षेप संकलन गरी १५ अर्ब ७७ करोड बढी कर्जा परिचालन गरेको थियो । 

बैंक व्यवस्थापनले खराब कर्जा अनुपात घटाउने निकै ठूलो सफलता पाएको छ । अघिल्लो वर्ष यही अवधिमा १.१७ प्रतिशतमा सीमित खराब कर्जाको अनुपात घटेर ०.६ मा सीमित भएको हो । 

समीक्षा अवधिमा बैंकको वार्षिकीकृत प्रतिसेयर आम्दानी करिब ३६ प्रतिशतले बढेर १९ रुपैयाँ ११ पैसा कायम भएको छ । 

यस्तै, प्रतिसेयर नेटवर्थ १४१.४७ रुपैयाँ र मूल्य आम्दानी अनुपात १०.३१ गुणा कायम भएको छ ।