काठमाण्डौ । लगातार ओरालो लागिरहेको बहुमूल्य पहेँलो धातु सुनको भाउ यो साता कारोबारको पहिलो दिन आइतबार एकैपटक तोलामा ११ सय रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबारको तुलनामा आइतबार एकैपटक तोलामा ११ सय रुपैयाँले बढेको हो । तोलामा एकैपक ११ सय रुपैयाँ बढेपछि आइतबार प्रतितोला छापावाल सुन ७१ हजार रुपैयाँ र तेजाबी ७० हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ ।

गत साता कारोबारको अन्तिम दिन शुक्रबार सुनको भाउ तोलामा एकैपटक ७०० रुपैयाँले घटेर प्रतितोला छापावाल ६९ हजार ९०० र तेजाबी ६९ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

समग्रमा गता साताभरि सुन तोलामा १ हजार ३०० रुपैयाँले घटेको थियो।

यसैगरी आइतबार चाँदी प्रतितोला रु ५ ले बढेर ८४० रुपैयाँमा कारोबार भइरहेको छ । गत साता कारोबारको अन्तिम शुक्रबार चाँदी प्रतितोला ८३५ रुपैयाँमा कारोबार भएको थियो ।