काठमाण्डौ । ओरिएन्टल होटल्स लिमीटेडले आफ्ना सेयरधनीलाई १५.७९ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ । 

यो कम्पनीको असोज १३ गते साँझ ५ बजे बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ०७५/७६ को मुनाफाबाट सेयरधनीहरुलाई ५ प्रतिशत र १०.७९ प्रतिशत(कर प्रयोजनका लागि समेत) नगद लाभांश वितरणको प्रस्ताव गरेको हो ।

कम्पनीको यो प्रस्ताव आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीले पाउनेछन् ।

यस्तै, कम्पनीले आफ्नो २२ औं वार्षिक साधारणसभा कात्तिक ७ गते ११ बजे नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान, जावलाखेलमा हुने निर्णय समेत गरेको छ । 

साधारणसभा प्रयोजनका लागि असोज २८ गतेदेखि बुक क्लोज हुने समेत घोषणा गरिएको छ । 

यसको अर्थ यो कम्पनीबाट घोषित लाभांश पोल्टामा पार्न चाहनेले असोज २७ गतेसम्म सेयर खरीद गरी सेयरधनी कायम भइसक्नुपर्नेछ।