काठमाण्डौ । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको पहिलो मन्त्रीपरिषद बैठकले तीन महत्वपूर्ण निर्णय गरेको छ । 

बैठकले सबै स्थानीय तहमा उद्योगग्राम बनाउने निर्णय गरेको छ । यस्तै, सबै प्रदेशमा प्राविधिक तथा ब्यबसायिक महाबिद्यालय बनाउने निर्णय समेत भएको छ ।

ओलीले प्रधानमन्त्रीको सपथ खाएलगत्तै संचारकर्मीहरुसँग कुरा गर्दै सिटीईभिटीबाट मान्यता प्राप्त प्राविधिक शिक्षालय सबै गाउँपालिका र नगरपालिकामा स्थापना गर्ने घोषणा गरेका थिए । यही घोषणालाई मूर्त रुप दिन उनले सबै प्रदेशमा प्राविधिक तथा व्यवसायिक महाविद्यालय निर्माणको निर्णयलाई पहिलो प्राथमिकता दिएका बुझ्न सकिन्छ । 

क्याबिनेट बैठकले सबै प्रदेशको सदरमुकाममा रंगशाला सहितको आधुनिक खेलग्राम निर्माण गर्ने निर्णय गरेको महिला बालबालिका तथा समाज कल्याण मन्त्रि थममाया थापाले बिजशालालाई बताइन् ।