काठमाण्डौ । आधुनिक विश्वले ओशोलाई यस्तो दार्शनिकको रुपमा सम्झन्छ, जोसँग हरेक प्रश्नको उत्तर हुन्थ्यो । जवाफ पनि यस्तो कि जुन सायद तपाईले सोच्नुुसम्म भएको हुन्न । कुनै–कुनै बेला उनको तर्क यति प्रभावशाली र सशक्त हुन्थ्यो कि अगाडि उभिएका ठूला भन्दा ठूलो विद्धान समेत शान्त बन्नुु पथ्र्यो । यहीकारण आफ्नो जीवनकालमा उनीजत्तिको चर्चित र प्रिय आद्यात्मिक गुरु हालसम्म जन्मिएनन् । उनीजति प्रसिद्धि कुनै पनि आद्यात्मिक गुरुले जीवनमा पाउन सकेनन् ।

सन् १९३१ डिसेम्बर ११ मा जन्मिएका ओशोको सन् १९९० को जनवरी १९ मा रहस्यमय मृत्यु भएको थियो । ओशोले जीवनकालभर आफ्ना शिष्यलाई राखेर दैनिकजसो प्रवचन दिने गर्दथे । ओशोले दिएका समाधान सधैं तार्किक हुन्थे । उनका दर्शनहरुमा विजिनेशका मन्त्रहरु समेत हुन्थे । डिसेम्बर ११ मा जन्मिए पनि यो महिनाभर विश्वभरका उनका अनुुयायीहरु उनको जन्मदिन मनाउँछन् । यही अवसरमा आउनुहोस् उनको विचारबाट विजिनेश गर्न सिकौं:

फोकस बनाउनु
जीवनमा दुुई कुरा एकसाथ अगाडि बढ्न सक्दैन । तपाईको फोकस तय हुन आवश्यक छ । यदि तपाई विजिनेश गरिरहनुुभएको छ भने सिर्फ विजिनेश गर्नुहोस् । मेडिटेसन गरिरहनुुभएको छ भने सिर्फ मेडिटेसन गर्र्नुहोस् । त्यसो भएन भने विजिनेशमा मेडिटेसन आइदिन्छ, अनि मेडिटेसनमा विजिनेश । यसले मान्छेलाई असफल बनाइदिन्छ । त्यति मात्र होइन, एउटा मात्र चिजमा फोकस नहुँदा तपाई दुनियाँको सामु हसीमजाकको पात्र बन्न सक्नुुहुन्छ । 

अनुशासन र नियन्त्रण आवश्यक
विजिनेशमा असफल भएका कारण कतिपयमा आएको हर्टअट्याकले यो बताउँछ कि उसको अनुशासन र नियन्त्रण दुवै ठीक छैन । घाटाको विजिनेशमा तपाई हुनुहुन्छ भने तनावले त्यसको असर तपाईको शरीरमा समेत परिरहेको हुन्छ । त्यसकारण बिरामी भनेको आफ्नो असफलता छोप्ने बाहाना मात्र हो । तपाईले आफूलाई अनुशासन र नियन्त्रणमा राख्नुपर्छ । 

तपाईको उत्पादनक यूनिक होस्
तपाईले अरु कोहीसँग कुनै पनि प्रकारको प्रतिस्पर्धा गरिरहनुु पर्दैन । तपाई जस्तो हुनुुहुन्छ, आफैंमा पूर्ण हुनुहुन्छ । त्यसकारण सबैभन्दा पहिला आफूले आफैलाई स्वीकार गर्नुहोस् । मतलब तपाई युनिक बन्नुुहुन्छ, अनि मात्र गन्तीमा आउनुुहुन्छ । 

नयाँका लागि भूल्न सिक्नुुहोस्
तपाई कति सिक्न सक्नुुहुन्छ भन्ने अहम् विषय होइन । ठूलो सवाल यो हो कि तपाई कति भूल्न सक्नुुहुन्छ । केही नयाँ गर्नका लागि पुरानोलाई भूल्नूू निकै जरुरी हुन्छ । 

सफलता र असफलता तपाईकै हातमा
तपाई दुःखी हुनुहुन्छ भने आफ्नै कारणले, सुखी र खुशी हुनुहुन्छ भने पनि आफ्नै कारणले । तपाईको सफलता वा असफलताको जिम्मेवार अरु होइन, तपाई स्वयम् हुनुहुन्छ । तपाई नै तपाईका लागि स्वर्ग हो र तपाई नै तपाईका लागि नर्क पनि ।