काठमाण्डौ । गर्मीको मौसम सुरु भइसकेको छ । नेपालकै कतिपय औधी गर्मी हुने ठाउँमा तातो हावा बहेर जनजीवन प्रभावित हुने गर्छ । 

भीषण गर्मीको चपेटा तथा औधी पसिना आउने समस्याबाट बच्ने एउटा उपाय हो एयर कण्डिसन(एसी) जडान गर्नु । तर, एसी जडान गर्ने ल्याकत सबैसँग हुँदैन । यो निकै खर्चिलो प्रविधि पनि हो । 

पैसा कम हुने न्यून आयस्तर भएका मानिसहरुका लागि लक्षित गरी भारतको असम राज्यका एक युवा वैज्ञानिक सुरेन बरुवाले एक नौलो कुलिङ बेडको आविष्कार गरेका छन् । 

भारतीय राष्ट्रपति रामनाथ कोविन्दले शुक्रबार यी युवा वैज्ञानिकलाई यही बेड आबिस्कारका लागि  दशौं नेशनलग ग्रासरुट इनोभेसन अवार्डबाट सम्मानित समेत गरेका छन् ।

सुरेन बरुआले एक यस्तो आविष्कार गरेका हुन्, जसमा इनबिल्ट एयरकुलर रहेको छ । यसले गर्मी मौसममा यो पलङमा सुत्ने जोकोहीलाई समेत असहज महसुस हुँदैन । यो कुलिङ बेडको प्रयोग वृद्धवृद्धा र बिरामीहरुले पनि गर्नसक्ने जनाइएको छ । यो पूर्ण रुपमा सुरक्षित समेत रहेको समाचारमा बताइएको छ । 

कति होला मूल्य ?
यो कुलिङ बेडको मूल्य भारु २० हजार रहेको छ । यसरी यसको मूल्य १.५ टनको एसी बराबर मात्र हो । तर, यसको मुख्य विशेषता भनेको यसमा तपाईले आफ्नो इच्छा अनुसार तापक्रम सेट गर्न सक्नुहुनेछ । यसले बिजुलीको खपत समेत निकै कम गराउनेछ । 

कुलिङ बेड निकै नवीन स्टीलको बक्स टाइपको बेड पनि हो । यसका एक इलेक्ट्रिक मोटर, एयर कम्प्रेसन फेन, एक वोल्टेड रेगुलेटर र एउटा एयर डक्ट लगाइएको हुन्छ । 

चिसो हावा एयर डक्टमार्फत प्वाल परेको रबरको तन्नाबाट प्रवाहित हुन्छ र यसले बेडको माथिल्लो तहसम्मलाई चिसो बनाइदिन्छ । आवश्यकताको आधारमा यो चिसोपनालाई थोरै वा बढी बनाउन सकिन्छ । यसरी यो बेर्डको प्रयोगबाट निकै कम बिजुली प्रयोग गरी गर्मीको समयमा चैनको निद्रा निदाउन सकिन्छ ।