काठमाण्डौ । कोरोनाभाइरस संक्रमणको जोखिमलाई ध्यानमा राखेर सरकारले कक्षा ११ र १२ को वार्षिक परीक्षा अनिश्चितकालका लागि स्थगित गरेको छ।

कक्षा १२ को परीक्षा २०७७ बैशाख ८ गतेबाट र कक्षा ११ को परीक्षा बैशाख २१ गतेबाट सुरु गर्ने कार्यतालिका थियो। कोरोनाभाइरस संक्रमणको जोखिमलाई ध्यानमा राखेर यी दुवै कक्षाको परीक्षा अनिश्चितकालका लागि स्थगित गरिएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ।

परीक्षाको नयाँ तालिका अवस्थामा सुधार भएलगत्तै सार्वजनिक गर्ने बोर्डद्वारा जारी सूचनामा उल्लेख छ।

यसअघि सरकारले कोरोनाको जोखिम बढ्दै गएपछि गत चैत ६ गतेदेखि सुरु हुने भनिएको माध्यमिक शिक्षा परीक्षा (एसईई) पनि अन्तिम समयमा आएर अनिश्चितकालका लागि स्थगित गरेको थियो।