काठमाण्डौ । भारतको एउटा सफ्टवेयर कम्पनीले १२ वर्षका एक बालकलाई डाटा साइन्टिसका रुपमा नियुक्त गरेको छ ।

भारतको हैदराबादस्थित मोन्टेजी स्मार्ट बिजनेस सलुसन कम्पनीले १२ वर्षका बालक सिद्धार्थ श्रीवास्तव पिल्लईलाई कम्पनीको डाटा साइन्टिसका रुपमा नियुक्त गरेको हो । सिद्धार्थ स्थानीय चैतन्य स्कुलमा कक्षा ७ मा अध्ययनरत छन् ।

सानै उमेरमा डाटा साइन्टिसका रुपमा सफवेयर कम्पनीमा नियुक्ति पाएका सिद्धार्थ आफ्नो रोल मोडलका रुपमा तन्मय बख्सी रहेको बताउँछन् । तन्मयले पनि सानै उमेरमा गुगल जागिर पाएका थिए । तन्मयबाटै आफूले सानै उमेरमा दुनियाँलाई बुझ्न कोसिस गर्न सकिएको र आर्टिफिसियल इन्टिलिजेन्स क्रान्ति कति सही भन्ने बुझ्न मद्दत गरेको सिद्धार्थ बताउँछन्।

सिद्धार्थले आफ्ना पितालाई धन्यवाद दिएका छन् । ‘उहाँले नै मलाई डाटा कोडिङ गर्न सिकाउनुभएको थियो’, उनले भने, ‘सायद उहाँले मलाई डाटा कोडिङ गर्न नसकिउनुभएको भए आज म यो स्थानमा हुने थिइनँ ।’

सिद्धार्थले अब आफू व्यावसायिक रुपमा यो काममा लाग्ने र समाज सुधारको क्षेत्रमा काम गर्न चाहेको पनि बताए ।