काठमाण्डौ । अन्तरराष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा उछाल आएको छ । 

अमेरिकाद्वारा इरानबाट कच्चा तेलको निर्यातमा पूर्ण प्रतिबन्ध लगाउनसक्ने आशंकाका बीच कच्चा तेलको मूल्यमा उछाल आएको एजेन्सीहरुले जनाएका छन् । 

अन्तरराष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा लगातार बढोत्तरी हुने संकेत देखिएका छन् । अन्तरराष्टिय बजारमा सोमबार ब्रेन्ट क्रूडको मूल्य प्रति ब्यारेल ७४ डलरमाथि पुगेको छ । 

यस्तै, डब्ल्यूटीआईको मूल्य ६५ डलर प्रति ब्यारेलको उचाईमा पुगेको छ । अन्तराष्टिय बजारमा कच्चा तेलको मूल्य लगातार बढोत्तरी हुँदा यसले नेपाल जस्ता मुलुकमा पनि पेटोलियम पदार्थको मूल्य बढ्नसक्ने देखिएको छ । 

उर्जा विज्ञहरुलाई उद्धृत गर्दै मिडिया रिपोर्टमा जनाइएअनुसार  अमेरिकाबाट यो संकेत प्राप्त भइरहेको छ कि उसले निकट भविष्यमै इरानबाट तेल खरीद गर्ने देशहरुलाई आयात बन्द गराउने वा उनीहरुमाथि प्रतिबन्ध लगाउन सक्छ ।

इरानबाट तेल आपूर्ति बन्द भएपछि आपूर्तिमा असर पर्नेछ र यसबाट मूल्यमा समेत सपोर्ट प्राप्त हुन्छ ।