काठमाण्डौ । कञ्चन डेभलपमेन्ट बैंक लिमिटेड गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।

बैंकको हिजो बिहीबार बसेको सञ्चालक समितिको बैठकले चुक्तापुँजी ५३ करोड १३ लाख रुपैयाँको कुल १७ प्रतिशतले हुन आउने ९ करोड ३ लाख २१ हजार रुपैयाँबराबरको लभांश वितरण गर्ने प्रस्ताव गरेको हो । प्रस्तावित लाभांशमा चुक्तापुँजीको १० प्रतिशतले हुन आउने ५ करोड ३१ लाख ३० हजार रुपैयाँबराबरको बोनस सेयर र ७ प्रतिशतले हुन आउने ३ करोड ७१ लाख ९१ हजार रुपैयाँबराबरको नगद लाभांश (लाभांश करसहित) रहेको छ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि आगामी वार्षिक साधराणसभाबाट वितरण गरिने बैंकले जनाएको छ ।