काठमाण्डौ । क्यारेबियन देश क्यूूबा रम तथा रक्सीका लागि विश्वमै चर्चित छ । तर तपाईलाई थाहा नहुन सक्छ, यो ठाउँमा कण्डमबाट रक्सी बनाइन्छ भन्ने कुरा । आज तपाईलाई यहाँको यस्तै ८ रोचक तथ्यको बिषयमा बताउन गइरहेका छौ, जे कुरा थाहा पाएर तपाई पनि चकित बन्नुुहुुनेछ।

एजेन्सीहरुका अनुसार क्यूूबामा यस्तो एउटा परिवार छ, जसले कण्डमबाट रक्सी तयार गर्छ । ६५ वर्षका ओरेटेस एस्टेवेज निकै लामो समयदेखि रक्सी निर्माण गर्ने उद्योग चलाइरहेका छन् । यसका लागि उनले अंगुुर, आलमण्ड, अन्य विभिन्न फलफूलको साथमा कण्डमको समेत भरपूर प्रयोग गर्छन । उनका अनुसार फ्रूट मिक्सलाई भिन्ना भिन्नै फ्लेवरको कण्डमले कभर गरेर फरमेन्टेसन गरिन्छ, जसका कारण ग्यास बन्छ । यसका कारण कण्डोम फूल्छ थाल्छ र त्यसको फ्लेवर रक्सीमा मिसिन थाल्छ । जब कण्डम फूल्छ छाड्छ, त्यसपछि बुुझ्नुुपर्ने हुन्छ कि रक्सी तयार भइसकेछ । 

पूरा परिवार विजिनेशमा
ओरेटेसको पूरा परिवार यो विजिनेशमा लागेको छ । सेनाको जागिरबाट रिटायर भएपछि यो काम थालेको उनले बताएका छन् । यो विजिनेशमा उनकी पत्नी, उनका छोरा र अन्य सहयोगीले समेत मद्धत गर्छन् । उनले आफूले निर्माण गरेको रक्सी ग्राहकले निकै मन पराएका दाबी गरेका छन् । यति मात्र होइन, घर तथा रेष्टुराँहरुमा समेत कण्डमबाट बनेको रक्सीको डिमाण्ड निकै उच्च छ। ओरेटेसले प्रत्येक दिन ५० बोतल कण्डमबाट बनेको रक्सी बिक्री गर्ने गर्छन् ।