काठमाण्डौ । कतार विश्वमा लिक्वीफाइड नेचुरल ग्यास(एलएनजी)को सबैभन्दा ठूलो आपूर्तिकर्ता हो । यसैको दमका कारण कतारले विश्वका कयौं ठूला कम्पनीमा करिब ३३५ अर्ब डलर लगानी गरेको छ । अब छिमेकी देशसँग उसको विवाद बढेपछि कतार इन्भेष्टमेन्ट अथोरिटी(क्यूएआई)को क्षमतामाथि गम्भीर असर पर्नसक्छ र यसका लागि नयाँ ग्लोबल डिल्स अगाडि बढाउन निकै अप्ठ्यारो पर्नसक्छ । 

मिडिया रिपोर्टका अनुसार साउदी अरबसहित ४ छिमेकी देशले कतारसँगको सम्बन्ध तोडिदिएपछि यस्तो अवस्था आएको हो । साउदी बाहेक बहराइन, इजिप्ट र यूएईले कतारमाथि आतंकवादलाई सहयोग गरेको संगीन आरोप लगाएका छन् । चारै देशले आफ्नो देशमा रहेका कतारका नागरिकहरुलाई अविलम्ब देश छाड्न आदेश दिएका छन् । कतारले समेत यस्तै किसिमको कदम उठाइरहेको छ । कतार एलएनजीको सबैभन्दा ठूलो बिक्रेता हो, यो देशबाट कच्चा तेलको निर्यात समेत हुन्छ । 

ब्लुमबर्गमा छापिएको एक रिपोर्टमा एक इन्टरनेशन एक्सपर्टलाई उद्धृत गर्दै भनिएको छ–‘संभावित जोखिम क्यूएआईसहित कतारका लगानीकर्ताको अनुहार अगाडि छ । यो जोखिम अब बढ्न गइरहेको छ, अब कतारका लागि नयाँ डिल्स गर्न समेत निकै ठूलो मुश्किल पर्नसक्छ । आगामी दिनमा कतारलाई निकै ठूलो संकट पर्नसक्छ ।’ 

यी कम्पनीमा कतारको लगानी

फक्सेवगन
जर्मनीको कार कम्पनी फक्सवेगनमा क्यूआईएको सबैभन्दा ठूलो लगानी छ । यो कम्पनीमो उसको सेयरको मूल्य ११.६ अर्ब डलर रहेको छ । यस्तै, क्यूूआइएको अर्को कुनै ठूलो कम्पनीमा समेत निकै ठूलो इक्वीटी इन्भेष्टमेन्ट रहेको छ । 

रोजनेफ्ट
गएको डिसेम्बरमा कमोडिटी ट्रेडर ग्लेनकोर पिएलसी र कतारले ११ अर्ब डलरमा रुसको सबैभन्दा ठूलो सरकारी तेल कम्पनी रोजनेफ्टको १९.५ प्रतिशत हिस्सेदारी खरीदका लागि सम्झौता गरेका थिए । यो डिलबाट क्यूआईलाई रोजनेफ्ट आयलको ९.७५ प्रतिशत हिस्सेदारी प्राप्त भएको थियो । 

ग्लेनकोर
क्यूआईएले ग्लेनकोरद्वारा सन् २०१२ मा २९ अर्ब डलरमा गरिएको एक्सट्रेटाको टेकओभरमा अहम् भूमिका निर्वाह गरेको थियो, जसबापत उसलाई १० प्रतिशतको हिस्सेदारी प्राप्त भएको थियो । मर्जरपछि ग्लेनकोरमा क्यूूआईको हिस्सेदारी घटेर ८.४९ प्रतिशत सीमित भएको थियो, जसको मूल्य आजको समयमा ४.५१ अर्ब डलर रहेको छ । 

डच बैंक
सूत्रहरुलाई उद्धृत गर्दै रिपोर्टमा जनाइए अनुसार शाही परिवारले जर्मनीको फाइनान्सियल रेगुलेटरसँग डच बैंकमा आफ्नो हिस्सेदारी बढाएर १० प्रतिशतभन्दा बढी गर्नका लागि मञ्जुरी मागेको थियो । कतारका पूर्व प्रधानमन्त्री शेख हमाद र कतारका धनाढ्य शेख हमद बिन खलिफा अल थानीको गरी डच बैंकमा ९ प्रतिशतको हिस्सेदारी थियो, जुन अहिले घटेर ६.१ प्रतिशतमा सीमित बन्न पुुगेको छ । 

बारक्लेज
कतारले सन् २००८ मा भएको आर्थिक मन्दीको दौरान बारक्लेजलाई सरकारी कारबाहीबाट बचाउनका लागि दुुई चरणमा १२ अर्ब पाउण्ड जुटाइदिएको थियो । उसको बारक्लेजमा ६ प्रतिशतको हिस्सेदारी कायम भएको छ, जसको वर्तमान मूल्य २.७६ अर्ब डलर रहेको छ । 

ब्रुकफील्डको प्रोपर्टी पार्टनर पनि
ब्रुकफील्ड प्रोपर्टी पार्टनर्स एलपी र क्यूआइएले म्यानहन्ट वेस्टको साथमा एक संयुक्त भेञ्चर बनाएको छ, जो न्यूूयोर्कदेखि पश्चिमी क्षेत्रमा ८.६ अर्ब डलरको लगानीमा एक प्रोजेक्ट बनिरहेको छ, जसको घोषणा कम्पनीले सन् २०१५ मै भएको थियो । क्यूआइएले सन् २०२० सम्म अमेरिकामा आफ्नो तेलप्रति निर्भर लगानीलाई विविधता दिन ३५ अर्ब डलरको लगानी गर्नेछ, यसैका लागि उसले निकट भविष्यमै न्यूूयोर्कमा कार्यालय खोल्ने योजना समेत बनाइरहेको रिपोर्टमा उल्लेख छ ।