दोहा, कतार । कतार एयरवेजलाई सन् २०२२ सम्मका लागि फिफाको आधिकारिक पार्टनर तथा अफिसियल एयरलाइन घोषित गरिएको छ । 

कतार एयरवेजद्वारा निकट भविस्यमा आयोजना हुने फिफा कन्फिडरेशन कप २०१७, फिफा वल्र्ड कप रसिया २०१८, फिफा क्लब वल्र्ड कप, फिफा वमेन्स वल्र्ड कप र २०२२ फिफा वल्र्डकप कतार प्रायोजन गरेको जानकारी दिइएको हो । 

हरेक खेलमा २ बिलियन भन्दा बढी दर्शक अनुमान गरिएका निकट भविष्यमै आयोजना हुने दूई फिफा वल्र्ड कपहरुमा आधिकारिक पार्टनरका रुपमा कतार एयरवेजले भरपुर मार्केटिङ तथा ब्राण्डिङ अधिकार प्राप्त गरेको छ । साथै, फिफा यू–२० वल्र्डकप, फिफा फुट्सल वल्र्डकप र फिफा ईन्टरएक्टिभ वल्र्ड कप (विश्वकै सर्वाधिक ठूलो अनलाइन गेमिङ प्रतिस्पर्धामा समेत एयरलाइनको उपस्थिती देखिन सकिनेछ । 

आजको उक्त घोषणाले कतार एयरवेजको प्रायोजकका रुपमा एफसी बार्सलोना र साउदी अरेबियाको अल–अहिल एफसी, पेरिस तथा न्यू योर्कको फर्मुला ई रेसहरु र हालै कतारको दोहामा आयोजित यूसीआई रोड वल्र्ड च्याम्पियनसिप तथा  लामो समयदेखि निरन्तर्ता पाइरहेको कतार टोटल र एक्सजोन टेनिस टूर्नामेण्ट्समा लगायत प्रमुख स्पोर्टिङ क्लब्स तथा खेलकुद जगतसँग कम्पनीले बनाएका प्रायोजन रणनितीमा नयाँ आयाम हो । 

‘कतार एयरवेजले मानिसलाई नजिक ल्याउन तथा एकताको शुत्रमा बाँधन मैत्रीपूर्ण प्रतिस्पर्धा र खेलको आवश्यकता राम्ररी बुझेको छ’ कतार एयरवेजका गु्रप चिफ एक्जेक्यूटिव महामहिम अकबर अल बाकरले भने ‘तसर्थ स्टेट अफ कतारको आफ्नै देशमा आयोजना हुने दूई फिफा प्रतिस्पर्धा लगायत अन्य खेलमा आफ्नो सम्बद्धता जनाउन पाउँदा हामी निकै उत्साहित छौँ ।’

‘खाडी क्षेत्रमै पहिलो पटक कतारमा आयोजना हुन गइरहेको २०२२ फिफा वल्र्ड कप आयोजनाका लागि  विश्वमै निकै तिब्र गतिमा बृद्धि उन्मुख तथा उद्योगमै नौला तथा नवप्रवद्र्धनात्मक सेवा दिन तथा विस्तार गर्न अग्रसर कतार एयरलाइनसँग पार्टनरका सहकार्य गर्न पाउँदा हामी निकै उत्साहित छौँ’, फिफा सेक्रेटरी जनरल फाटमा सामोउराले भने ‘हामी सहकार्य गर्दै फिफा प्रतिस्पर्धा र विश्वजगतमा आयोजना हुने फुटबलका लागि अगाडी बढ्न निकै गौरवान्वित र उत्साहित छौँ ।’

सन् १९०४मा स्विस कानुन अन्तर्गत स्थापित द फेडेरेशन ईन्टरनेशनल डे फुटबल एसोसिएशन (फिफा) ज्यूरिचमा आधारित संस्था हो । यसमा हाल सम्म २ सय ११ संस्था सदस्यका रुपमा आवद्ध छन् ।