दोहा, कतार । कतार एयरवेजले आफ्नो बार्षिक आपतकालिन अभ्यास ‘डेल्टा ओरेक्स २०१७’ सफलतापूर्वक सम्पन्न गरेको छ । 

आपतकालिन ‘साइम्यूलेशन’ अभ्यासमा हमाद ईन्टरनेशनल एयरपोर्ट (एचआइए) नजिकको समन्द्रलाई क्र्यास साइटका रुपमा प्रयोग गरिएको थियो । 

योजनाबद्ध आपतकालिन साइम्यूलेशन कतार एयरवेजको बार्षिक प्रक्रिया तथा सुरक्षा अभ्यास अन्तर्गत पर्छ । आपतकालिन सुविधाको परिक्षण यसको मुल उद्देश्य हो । साथै, आपतकालिन अवस्थामा एयरवेजका कर्मचारीले पूर्ण तयारीका साथ अवस्था नियन्त्रण गर्न सकुन् भनी प्रयासका रुपमा यसको आयोजना गरिन्छ । 

२८ भन्दा बढी सरकारी निकाय, सरोकारवाला, पार्टनर, हमाद ईन्टरनेशनल एयरपोर्ट, कतार कोस्टगार्ड, आन्तरिक सुरक्षा बल, कतार नेभी र कतार एमिरी एयरफोर्सको संयुक्त पहलमा आपतकालिन अभ्यास आयोजना गरिएको थियो । 

‘डेल्टा ओरेक्स २०१७’का लागि एयरवेजले ३० सिटर नमुना एयरक्राफ्ट (विमान), दूई कतार एयरवेज एयरक्राफ्ट चिप्लेटी (च्युट्स), १ सय ७० स्वयम्सेवम यात्रु, ६० स्वयम्सेवक परिवारका सदस्य तथा मित्र, ३९ डम्मी (क्याजुआलिटीज्), ४० एम्बुलेन्स रेस्पोन्स भेहिकल, तीन मिलिटेरी हेलिकप्टर, पाँच एयरपोर्ट सेफ्टी एण्ड सेक्योरिटी भेहिकल र १० मोवासलट बसको प्रयोग गरिएको थियो । 

‘हामी ‘डेल्टा ओरेक्स २०१७’को सफलतापूर्वक आयोजना गर्न पाउँदा निकै हर्सित छौँ । यस बर्षको आपतकालिन साइम्यूलेसन हाम्रा कर्मचारीहरुका लागि चुनौतीका रुपमा प्रस्तुत गरेका थियौँ । यसमा तिनले प्रखर ब्यवसायिकता र कर्तब्य बोध प्रस्तुत गरी कतार एयरवेजको गुणस्तरिय सुरक्षा सेवाको नमुना प्रस्तुत गरेका छन् । यसका लागि कतार एयरवेजका तर्फबाट सरकारी निकाय, सरोकारवाला, विशेष शक्ति बल, स्वयम् सेवक लगायतमा म हार्दिक कृतज्ञता र धन्यवाद ज्ञापन गर्दछु ’, कतार एयरवेजका गु्रप चिफ एक्जेक्यूटिभ महामहिम अकबर अल बाकरले भने ।