चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा कन्काई विकास बैंकको नाफा ४ दशमलव १३ प्रतिशतले कमी आएको छ । समीक्षा अवधिमा बैंकको नाफा गत वर्ष सोही अवधिको तुलनामा १३ लाख रुपैयाँले घटेको हो । गत वर्ष यसै अवधिमा ३ करोड १४ लाख नाफा कमाएको बैंकले यस वर्ष ३ करोड १ लाख मात्र नाफा कमाएको हो ।

तेस्रो त्रैमाससम्म बैकले एक अर्ब ६७ करोड रुपैयाँ निक्षेप संकलन गरी एक अर्ब ५० करोड कर्जा लगानी गरेको छ । नाफा घटेपनि बैंकको जगेडा कोष बढेर ७ करोड ५६ लाख ८४ हजार पुगेको छ । गत वर्ष यही अवधिमा बैंकको जगेडा कोष ५ करोड ५३ लाख ५९ हजार पुगेको थियो । 

बैकले गत बर्षको तुलनामा खुद व्याज आम्दानीमा करीव १ करोड १५ लाख १७ हजार रुपैयाँ  बढाएर ९ करोड २ लाख  ८३ हजार पुर्याएको छ ।

सञ्चालन नाफा तीन करोड ६६ लाखमा सीमित भएको छ । गत वर्ष यही अवधिसम्ममा बैंकको सञ्चालन मूनाफा ४ करोड ९४ लाख कायम भएको थियो । । शूल्क तथा कमिशनमा आम्दानी घटेको छ भने अन्य सञ्चालनमा भएको झिनो वृद्धिले कर्मचारी खर्च र अन्य सञ्चालन खर्चको भार थेक्न सकेको देखिँदैन ।

बैकको वार्षिकीकृत प्रतिसेयर आम्दानी ८ रुपैयाँ , प्रतिसेयर नेटवर्थ १ सय ९ रुपैयाँ १० पैसा रहेको छ भने खराब कर्जा शून्य दशमलव ८२ प्रतिशत रहेको छ ।